सुर्खेतमा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याएको आरोपमा प्रहरीले १६ जना बिचौलियालाई पक्राउ गरेको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका स्थित यातायात व्यवस्था कार्यालय बाट १० जना महिला तथा मालपोत कार्यालय बाट ६ जना पुरुष गरी कुल १६ जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीसँग सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने, जग्गा नामसारी तथा अन्य भू–सम्बन्धी सेवा मिलाइदिने भन्दै रकम असुल गर्दै आएका थिए।
बिचौलियाको रूपमा अवैध रूपमा रकम संकलन गरी सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
हाल पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















