बिहीबार, ७ फाल्गुन, २०८२

जुम्लाको कनकासुन्दरीमा आगलागी, स्याउ र ओखरका विरुवा नष्ट

कनका सुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँमा झारपात जलाउने क्रममा आगलागी हुँदा दुईवटा पिरलका खात र एउटा दाउराको खात पूर्ण रूपमा नष्ट भएका छन्।

साथै, २२ वटा स्याउका बोट र ७ वटा ओखरका बोट जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरी असई भोज बहादुर पालका अनुसार झारपात जलाउँदा आगो पिरलको खातमा सल्किएर फैलिएको थियो।

आगलागीबाट गाउँघरमा भने कुनै क्षति नभएको उहाँले जानकारी दिनुभयो।

प्रहरीका अनुसार जलेर नष्ट भएका दाउराको खात र पिरलको खात कर्णप्रसाद काफ्लेका हुन् भने स्याउका बोट कासी प्रसाद काफ्लेका रहेका छन्।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरीले यस्ता घटनाबाट बच्न झारपात तथा फोहोर जलाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार