नेपाल रेडक्रस सोसाइटीको आयोजनामा जुम्लामा दुई दिने निर्वाचन केन्द्रित प्राथमिक उपचार पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व रेडक्रस जिल्ला शाखा जुम्लाका कार्यवाहक अध्यक्ष दलबहादुर महताराले गरेका थिए भने प्रमुख अतिथि जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल रहेका थिए।

विशेष अतिथिका रूपमा नगरपालिकाका प्रशासकीय अधिकृत क्षेत्र बुढा थापा रहेका थिए।

कार्यक्रममा नगरपालिकाले प्राथमिक उपचार सामग्री उपलब्ध गर्ने, जिल्ला प्रशासन कार्यालयले सुरक्षाको व्यवस्था गर्ने र रेडक्रसले स्वयंसेवक परिचालन गरी निर्वाचन सफल बनाउने प्रतिबद्धता जनाइएको छ।
















