नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जुम्ला जिल्ला कमिटीले जिल्लाका सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूलाई लक्षित गर्दै एउटा चुनौतीपूर्ण ‘खुल्ला पत्र’ सार्वजनिक गरेको छ।
२०८२ फागुन २१ गते हुने निर्वाचनको माहोल बढिरहेका बेला माओवादीले केवल चुनावी प्रचारमा मात्र सीमित नभई जनताका आधारभूत मुद्दाहरूमा खुला बहस गर्न चुनौती दिएको हो। जुम्लाका आठवटै स्थानीय तहमा एउटै मञ्चबाट आफ्ना चुनावी एजेन्डाहरू प्रस्तुत गर्ने आँट र साहस कुन दल वा उम्मेदवारसँग छ भन्दै माओवादीले यस पत्रमार्फत राजनीतिक इमानदारिताको परीक्षा दिन लिन तयार भएको दबाब दिएको छ।
के छ (माओवादी)को खुला पत्रमा ?
नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) जुम्लाको खुला पत्र: ‘हामी बहस गर्न तयार छौं।’
जुम्ला जिल्लाका राजनीति पार्टीद्वारा २०८२ फागुन २१ गते हुने निर्वाचनमा आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्न उमेदवारहरु एउटै मञ्चबाट (८) ओटै स्थानीय तहमा बहस गर्न तयार कोही हुनुहुन्छ ?हामी तयार छौ !
१) संविधान को पुनर लेखनको ड्रप कस्तो हुने ?
२) शासकीय स्वरुप कस्तो बनाउने ?
३) ०७४ देखि ०८२ जेन्जी आन्दोलन सम्मका भ्रष्टाचारीलाई कस्तो कारबाही गर्ने ?
४) देश गरिबी बनाउने अकुत कालो धनलाई कसरी राष्ट्रियकरण गर्ने ?
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिर्ख बहादुर शाहीका अनुसार यी बुदाहरूमा बहस गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तयार छ।
‘यसको भुमिका निभाउन आम मिडियाकर्मी साथीहरूलाई अपिल गर्दछु’ , उनले भने।















