जुम्लाको पातारासी गाउँपालिकामा जेनजी उमेर समूहका प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। जम्मा २६ वर्ष पुगेका सातौं तहका इन्जिनियर निश्चल न्यौपानेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पातारासी गाउँपालिकाको माग अनुसार गाउँपालिकामा कार्यरत बरिष्ठतम कर्मचारी न्यौपाने (ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, अधिकृत सातौं तह, ईन्जिनियर) लाई आर्थिक तथा प्रशासनिक कार्य गर्ने जिम्मेवारी दिइएको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति नभएसम्म वा अर्को व्यवस्था नभएसम्मका लागि उनलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
यस सम्बन्धमा मन्त्रालयले मिति २०८२/०९/२३ मा निर्णय गर्दै आवश्यक कार्य सम्पादन गर्न गाउँपालिकालाई अनुरोध गरेको छ।














