सोमबार, ८ पुष, २०८१

नयाँ पुस्ताले गोरे बहादुर फाउन्डेसन किन बहिस्कार गर्ने?

गोरे बहादुरमा माले त्याग गरि आदिवासी समुदायलाई भुट्ने र स्वार्थ लुट्ने काम रणनीति थियो। उनी एमएसलाई उछिट्याउन र पार्टी राजसंस्थामा विलय गराउन केन्द्रित थिए।

नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन -२ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो। जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो।

आन्दोलनमा विभिन्न राजनीतिक दल र शसस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित थियो भने गोरे बहादुर खपाङ्गी सम्मेलीत पार्टी सहभागी भएन? गोरे बहादुर खपाङ्गी राजनैतिकर्मी हुन् वा सामाजिक अभियान्तको रुपमा सफल थिए भन्ने यस विषय आम आदिबासी समुदायमा अझै पनि दुबिधा पैदा यथावत नै छ।

कुनै बेला मगर संघको अध्यक्ष पद धारण गर्दा मगरले दशैँ मनाउँनु हुँदैन र रातो टिका पनि लगाउँनु हुँदैन भन्ने जस्तो झुक्याउँने खाले अभिव्यक्ति दिएर आम मगरलाई उचाल्ने उनै हुन। तर पछि स्वयं आफै राजा ज्ञानेन्द्रको हातबाट टिका ग्रहण गर्न पुगे। खपाङ्गी मन्त्री पदका लागि अवसरवादी थिए भन्ने शंककाको घेरामा रहेको पाएका छौँ।

यदि गोरे बहादुर खपाङ्गीमा मन्त्री पदको लोभ थिएन भने ०६२/६३ संघीय लोकतान्त्रिक गणतन्त्रको वकलताका लागि जनआन्दोलनमा मन्त्री पद त्याग गरि सडक आन्दोलनमा होमिन पर्ने थियो। तर उनले त्यसो गरेनन्। पार्टीको एजेण्डा भन्दा मन्त्री पद उनलाई प्यारो थियो।

त्यसकारण मन्त्री पद त्याग गरि सडकमा आउँने कुरै भएन र गर्न पनि चाहेनन्। उनको यो अवसरवादी चरित्र आम मानिसको चासोको विषय हो। हुनुपर्छ।

कुरा कावासोती, नवलपरासी विसं २०६८ सालमा चौथो महाधिवेशन संग्रम चल्दाको होे। महाधिवेशनका लागि दुई गुट अध्यक्ष पदका लागि भिड्न रस्सिकस्सी थिए। तीन कार्यकाल खाएका एमएससँग महासचिव गोरे बहादुर खपाङ्गी जुहारी खेल्न तम्सिएका थिए।

त्यसपछि गोरे बहादुर खपाङ्गीको एकल धक्कुलाई समाप्त पार्न पार्टी भित्रका आफ्नै साथीहरु हात धोएर लागे। चौथो महाधिवेशनमा नमज्जासँग हार बेहोरे। उनको घमण्डीपनले राजनीतिक बाटो ओरालो लाग्दै गयो।

चौथो महाधिबेशनबाट हार बेहोरेका खपाङ्गी बदलाको भाव लिन पार्टी बहिष्कार गर्नसम्म भ्याए। पछि डेमोक्रटिक पार्टी स्थापना गरेर स्वय आफू पार्टीको अध्यक्ष बन्न हतारो गरे। यसबाट आम मानिसले के बुझ्नु जरुरी छ भने गोरे भन्दा एमएस थापा सयौैं गुण बढि बौद्धिक रहेछन्।

यसरी के बुझौं भने गोरे बोलेर सोझा साझा मगरलाई झुक्याउन खपिस्स थिए भने एमएस थापा सोच बिचार गरेर आम मगरलाई जोड्न चहान्थे।

गोरे बहादुरमा माले त्याग गरि आदिवासी समुदायलाई भुट्ने र स्वार्थ लुट्ने काम रणनीति थियो। उनी एमएसलाई उछिट्याउन र पार्टी राजसंस्थामा विलय गराउन केन्द्रित थिए। यसकारण उनको नामको फाउन्डेसन बहिस्कार गर्न जरुरी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार