शनिबार, १४ चैत्र, २०८२

मनऋषि धितालद्वारा ‘२२२ खुला आँखा अभियान’ घोषणा: बालेन सरकारलाई समर्थन र खबरदारी

नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रपरिषद्लाई बधाई दिँदै ‘२२२ खुला आँखा अभियान’को औपचारिक सुरुवात गरिएको छ।

अभियानका संयोजक मनऋषि धितालले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन।

विज्ञप्तिमा सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस कार्यान्वयन गर्ने र शासकीय सुधारका १०० बुँदे कार्यसूची पारित गर्ने निर्णय गरेकोमा स्वागत गरिएको छ।

तर, पुराना दलहरूको नैतिक मानक स्खलित भएको टिप्पणी गर्दै अभियानले सडकबाटै ‘सडक छाँया सरकार’ र ‘सडक संसद’ मार्फत सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने घोषणा गरेको छ।

अभियानले सन् २०४८ देखि उच्च ओहदामा रहेका व्यक्तिको तीनपुस्ते सम्पत्ति छानबिन गर्न र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन सरकारलाई चुनौती दिएको छ।

‘जेन्जी’ आन्दोलनको जगमा उभिएको यो अभियानले सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने नीति लिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार