आईतवार, ३ फाल्गुन, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘संकल्प पत्र’ सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो ‘संकल्प पत्र’ सार्वजनिक गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले ‘सबल, समृद्ध र समुन्नत नेपाल – पृथ्वी पथ’ नारासहित संकल्प पत्र सार्वजनिक गरेका हुन्।

संकल्प पत्रमा प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो स्थानीय तहसहित दुई तहको शासन व्यवस्था लागू गर्ने, स्थानीय तहमा गैरदलीय निर्वाचन गर्ने, तथा हिन्दु राष्ट्रको पुनर्स्थापनालाई प्राथमिकता दिने उल्लेख छ। साथै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, र भ्रष्टाचारविरुद्ध कडा कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

डआर्थिक क्षेत्रमा जलस्रोत र ऊर्जालाई मुख्य आधार बनाउँदै १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ। कृषि आधुनिकीकरण, सूचना प्रविधि विकास, रोजगारी सिर्जना, निःशुल्क शिक्षा र आधारभूत स्वास्थ्य सेवा पनि प्राथमिकतामा छन्।

परराष्ट्र नीतिमा ‘नेपाल प्रथम, नेपाली प्रथम’ सिद्धान्त अवलम्बन गर्ने, राष्ट्रिय सुरक्षा मजबुत बनाउने, तथा विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने योजना पनि समेटिएको छ। पार्टीले आफ्नो चुनाव चिह्न ‘हलो’ मा मतदान गर्न आम मतदातालाई अपिल गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार