यो कुनै व्यक्तिपूजाको कुरा होइन, यो जुम्ली जनताको पहिचान, आत्मसम्मान र भविष्य सुरक्षित गर्ने विषय हो। आफ्नो माटोबाट जन्मिएको हिरालाई चिन्न सक्नु नै सचेत र जागरूक समाजको परिचय हो।
आज जुम्ला र ज्ञानेन्द्र शाही पर्यायवाची शब्दजस्तै भइसकेका छन्। नेपालभर चिनिने जुम्लाको प्रतिनिधि भनेकै ज्ञानेन्द्र शाही हुन्। दुःखको कुरा, उहाँबाहेक अन्य उम्मेदवारहरूलाई न त जुम्लावासीले राम्ररी चिन्छन्, न त देशले।
उनी केवल भाषण गर्ने नेता होइनन्, जुम्ली जनताको हरेक सुख–दुःखमा सधैं साथ दिने भुइँमान्छे हुन्। जुम्लाका ठूला समस्या मात्र होइन, जनताको गाई गोरु, भेडा बाख्रा हराएको जस्तो सानो विषयमा समेत उत्तिकै चासो राख्ने प्रतिनिधि विरलै पाइन्छ।
यस्तो जनतासँग नजिक, जनताको पीडा बुझ्ने र जुम्लाको आवाज देशभर पुर्याउने नेतृत्वलाई हामीले किन नजिताउने ? कसरी नजिताउने ?
इतिहासमा सायदै पहिलो पटक होला, जुम्लाको सांसदलाई काठमाडौँ विमानस्थलमै जनताले भव्य स्वागत गरे। यो स्वागत कुनै एक व्यक्तिको मात्र सम्मानका लागि गरिएको होइन। यो त जुम्ली जनताको सम्मान, इज्जत र प्रतिष्ठालाई राष्ट्रिय स्तरमा स्थापित गरिएको क्षण हो।
यसले देखाउँछ कि जुम्लाको आवाज अब काठमाडौँसम्म मात्र होइन, देशकै केन्द्रमा गुञ्जिन थालेको छ। जुम्ली जनताको आत्मसम्मान, पहिचान र गौरव बढाउने काम भएको छ, जुन केवल पद वा व्यक्तिभन्दा धेरै ठूलो कुरा हो।
त्यसैले शाही जुम्लाको हिरा हुन्। यस्तो हिराको सम्मान गर्नु, संरक्षण गर्नु, संवर्द्धन गर्नु र सही रूपमा उपयोग गर्नु जुम्ली जनताको दायित्व र आवश्यकता दुवै हो।
यो कुनै व्यक्तिपूजाको कुरा होइन, यो जुम्ली जनताको पहिचान, आत्मसम्मान र भविष्य सुरक्षित गर्ने विषय हो। आफ्नो माटोबाट जन्मिएको हिरालाई चिन्न सक्नु नै सचेत र जागरूक समाजको परिचय हो।
त्यसैले जुम्लाबाट राष्ट्रिय राजनीतिमा ज्ञानेन्द्र शाही बाहेक अन्य उम्मेदवारहरूलाई जिताउन सकिने अवस्था देखिँदैन। आजको यथार्थ र आवश्यकतालाई सही रूपमा पहिचान गर्ने हो भने, जुम्ली जनताले यस विषयमा अलमलिनुपर्ने कुनै कारण छैन।
जुम्लाको आवाज, पहिचान र सम्मानलाई राष्ट्रिय राजनीतिमा मजबुत रूपमा स्थापित गर्न सक्ने क्षमता, पहुँच र जनसमर्थन भएका प्रतिनिधि भनेकै ज्ञानेन्द्रबहादुर शाही हुन्। त्यसैले जुम्ली जनताको साझा हितका लागि उहाँलाई नै जिताउनु आजको आवश्यकता हो।















