तिम्रो अनि मेरो घरबार बनेपछि
हाम्रो सुनौलो त्यो संसार बनेपछि
तिमी र म त एक हुनु नै छ सानू,
म सुब्बा तिमी खरिदार बनेपछि।
अरु भन्दा राम्रो हुने आश गरेपछि
मेहनत र संघर्ष नै खास गरेपछि
छुट्टै सपनाको संसार हुनेछ हाम्रो
हामी दुबैले लोकसेवा पास गरेपछि।
दाग बसे झैँ बसेको त्यो खत बनिदेऊ
तिमी भविष्य त तिमी नै विगत बनिदेऊ
बाँकी जिन्दगी जे जस्तो रहे पनि यहाँ,
ए पुस्तक तिमी त मेरो एक लत बनिदेऊ।















