ज्ञानेन्द्र शाहीद्वारा सरकारी कार्यालयमा छड्के अनुगमन, ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का तोड्ने चेतावनी

जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा छड्के अनुगमन गर्दै सेवा प्रवाह, योजना कार्यान्वयन र कर्मचारीको कार्यशैलीबारे जानकारी लिएका छन्। सांसद शाहीले भौतिक पूर्वाधार कार्यालय, सडक डिभिजन कार्यालय, विद्युत कार्यालय तथा भवन डिभिजन कार्यालयको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले विकास निर्माणसँग सम्बन्धित योजनाहरू तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित कार्यालय प्रमुख तथा […]
जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटद्वारा सडक सुरक्षा सचेतनामूलक कार्यक्रम सञ्चालन

विश्व सडक सुरक्षा सप्ताह–२०८३ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले चालक तथा यात्रुहरूलाई लक्षित गर्दै सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ‘नेपाल प्रहरीको हर्ष, सडक दुर्घटना रहितको वर्ष’ भन्ने नारासहित आयोजित कार्यक्रममा सवारी चालक, सहचालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको थियो। कार्यक्रममा खटिएको ट्राफिक प्रहरी टोलीले सडक अनुशासन […]
कोहलपुरमा एक्लै सरसफाइ गर्दै स्थानीय मियुलाल चौधरी, नगरपालिकाप्रति ध्यानाकर्षण

कोहलपुर नगरपालिका वडा नं. २, मनकामना चोकका स्थानीय मियुलाल चौधरीले बिहानको समयमा आफ्नो पसल वरपरको फोहोर आफैंले सफा गर्दै आएका छन्। उनी एक्लै कागजजन्य फोहोर उठाउँदै सरसफाइमा जुटिरहेको दृश्यले स्थानीय स्तरमा सरसफाइ व्यवस्थाप्रति प्रश्न उठाएको छ। चौधरीका अनुसार पहिले चुनावअघि स्थानीयवासीहरू समूहमा मिलेर सरसफाइ गर्ने गर्थे। तर अहिले सबै आ–आफ्नो काममा व्यस्त भएपछि आफू एक्लै […]
अनुसन्धानमा पनि अब्बल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जन स्वास्थ्यका विद्यार्थी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको जनस्वास्थ्य महाविद्यालयका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जन-स्वास्थ्यसम्बन्धी अनुसन्धान सम्मेलनहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। जनस्वास्थ्य शिक्षा, अनुसन्धान र नेतृत्व क्षेत्रमा विद्यार्थीहरूको सक्रियता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ। हालै सम्पन्न जनस्वास्थ्य सम्मेलन २०२६ मा जनस्वास्थ्य स्नातकोत्तर (एमपिएच) अध्ययनरत मनिस रोकायाले उत्कृष्ट मौखिक प्रस्तुति प्रस्तुत गर्दै पुरस्कार प्राप्त […]





