बुधबार, २१ माघ, २०८२

संघर्षबाट उठेको आवाज: कालिकोटका मानबहादुर तिरुवा

अहिले कालिकोटबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु कुनै आकस्मिक निर्णय होइन, यो दलगत स्वार्थ र सत्ताको सिण्डिकेटविरुद्धको विवेकपूर्ण विद्रोह हो। सहिद परिवार, दलित, मजदुर, किसान, महिला र युवाको आवाज संसदसम्म पुर्‍याउने दृढ संकल्पसहित उनी अघि बढेका छन्। कसैको जीवन इतिहास केवल जन्ममृत्युको विवरण मात्र हुँदैन, त्यो समाजको पीडा, राज्यको बेवास्ता र जनताको […]

रास्वपा जुम्लाले मनायो, सहिद दिवस

राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाले सहिद दिवस मनाएको छ। रास्वपाका युवाहरूले जुम्ला सदरमुकाम खलंगाको मुटुमा रहेको कृष्ण मन्दिर अगाडि सहिदहरुको सम्झनामा दीप प्रज्वलन गर्दै ७० औं सहिद दिवस मनाएका हुन्। वि.सं. १९९७ मा राणा शासनको अन्त्य र स्वतन्त्रताको माग गरेका कारण चार वीर योद्धाहरूले सहादत प्राप्त गरेका थिए। जसमा शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा […]

कर्णाली जेसिजको १४औँ पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न

कर्णाली जेसिजको १४औँ पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम कर्णाली जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि खगेन्द्र पाण्डेको सभा अध्यक्षतामा सुरु भई जेसिज वर्ष २०२६ का नव निर्वाचित अध्यक्ष जेसि प्रभुराम पाण्डेको सभाअध्यक्षतामा समापन भएको हो। कार्यक्रमका क्रममा वर्ष २०२५ का अध्यक्ष जेसि खगेन्द्र पाण्डेले वर्ष २०२६ का लागि […]

तातोपानी गाउँपालिका–५ मा न्यानो कपडा वितरण

तातोपानी गाउँपालिका वडा नं. ५ ले जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ। वडा नं. ५ को आ.व. ०८२/०८३ को स्वीकृत लक्षित वर्ग कार्यक्रमअनुसार शुक्रबार वडा कार्यालय परिसरमा एक कार्यक्रम गरि न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत पुरुषका लागि १०० थान जकेट र महिलाका लागि १३० थान जकेट […]

सबै कार्यक्रम स्थगित गर्दै काठमाडौं हिँडे बालेन साह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले आफ्नो सबै चुनावी कार्यक्रम स्थगित गर्दै काठमाडौं प्रस्थान गरेका छन्। चुनावी प्रचार टोलीका सदस्य दीनेश सिटौला अछाममा एक्कासी बेहोस भएपछि उनलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको छ। उनको स्वास्थ्य अवस्थामा तत्काल सुधार नआएपछि बालेन साहले सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन्। आगामी फागुन […]

लघुकथा- पहिचान

उनले सोधे, “सर आज सोध्नु भएछ कि सुस्मिताको दिदीले किन जाँड खाएर टुन भएथ्यो?” “सुनिता तीन जना छन सात कक्षामा कसलाई सोध्नु भनेर सोधेन” शिक्षकले सुनाए। सर, “सुनिता छ नि सात कक्षाको के । हँ ऊ बाटोमा जाँड खाएर टुन भएर हिँडिरहेको थियो । स्कुल आउन मानेन । हामी जाउँ भनेको हो ऊ आउदैन” चित्रले […]

हार्दिक अपील: जुम्लाको भविष्य निर्माणका लागि चुनावमा होमिएका जिम्मेवार नेतृत्वलाई

हामी नागरिकहरू आलोचक मात्र होइन, सहयात्री बन्न तयार छौँ तर त्यसका लागि नेतृत्वबाट इमानदारी, पारदर्शिता र दृढ प्रतिबद्धता आवश्यक छ। अब जुम्लालाई सहानुभूति होइन, विशेष नीति, प्राथमिक बजेट र जिम्मेवार नेतृत्व चाहिएको छ। आदरणीय जुम्लाका राजनीतिक नेतृत्वज्यूहरू,जुम्ला केवल एउटा जिल्ला मात्र होइन; यो सिँजा सभ्यताको उद्गमस्थल, कर्णाली सभ्यताको मुटु र नेपालको ऐतिहासिक चेतनाको आधारभूमि हो। […]

चर्चित विद्यार्थी नेता रमेश रावत ‘विक्रान्त’ले छोडे विप्लवको साथ

चर्चित विद्यार्थी नेता रमेश रावत ‘विक्रान्त’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट अलग भएर नेपाली कम्युनिस्ट पार्टीमा गएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले नेतृत्वप्रति सम्मान कायम राख्दै पार्टीबाट अलग हुने निर्णय लिएको बताएका हुन्। रावतले पार्टी र नेतृत्वप्रति सधैँ उच्च सम्मान रहेको उल्लेख गर्दै आफूलाई राजनीतिक चेतना र […]

सहकारीपछि बैंक डुबाउँदै रवि, करोडौंको जमानतको स्रोत के ?

रवि पनि आम नागरिक नै हुन् । उनको व्यापार व्यवसाय न कुनै रोजगारी । उनले अमेरिकामा रहँदा पैसा कमाए होला । तर, त्यो पैसा उनले त्यहाँ खर्च गरेनन् होला र ? अमेरिकामा खान, बस्न सबैको लागि पैसा तिर्नुपर्छ । त्यहाँ पानीसमेत किनेर खानुपर्छ । अनि त्यस्तो ठाउँमा बसेर उनले नेपालमा कति चाँहि पैसा ल्याए होला […]

ब्रेकिङ : बालेन साह जुम्ला आउँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जुम्ला आउने भएका छन्। चुनावी प्रचार अभियान अन्तर्गत साह शुक्रबार साँझ जुम्ला पुग्ने कार्यक्रम रहेको छ। जुम्ला पुगेपछि उनले प्रसिद्ध चन्दननाथ मन्दिरको दर्शन गर्ने र त्यसपछि पातारासी क्षेत्रमा समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ। रास्वपाकी […]

ताजा समाचार