आईतवार, २७ पुष, २०८२

कुलमानले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाए राजीनामा

ऊर्जा जलस्रोत सिँचाइ मन्त्री कुलमान घिसिङले मन्त्री पदको राजीनामा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन्। घिसिङले मन्त्रालयमा अहिले पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्। राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् । गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो। सामाजिक […]

कुलमान घिसिङ मन्त्री पदबाट राजीनामा दिँदै

ऊर्जा जलस्रोत सिँचाइ मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने भएका छन् । घिसिङले मन्त्रालयमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् । राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न उनको सचिवालयले जनाएको छ। जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते उर्जा मन्त्रीमा नियुक्त भएका थिए ।

सुर्खेतमा बाघको आक्रमणबाट एक महिलाको मृत्युु

सुर्खेतको भेरीगंगा नगरपालिका ५स्थित गेरवानीमा बाघको आक्रमणबाट ५७ वर्षीया गंगा सारुको मृत्यु भएको छ। केही कामले गर्दा घरबाट निस्किएकी गंगा सारुको बाघको आक्रमणबाट मृत्यु भएको हो। बाघको आक्रमणपछि कपडा र चप्पलसहित रगत घर नजिकैको सालघारीमा फेला परेको हो। खोजीका क्रममा करिब ६०० मिटर टाढा उनको टाउको तथा केही समयपछि शरीरका अन्य भागहरू मासु खाइएको अवस्थामा […]

को हुन कांग्रेसका राष्ट्रिय सभा उम्मेदवार ललितजंग शाही?

शाही जुम्लाबाट नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक संविधान सभा निर्वाचन जित्ने नेता हुन्। दोस्रो संविधान सभा निर्वाचनमार्फत संविधान निर्माणकर्ताको सूचीमा उनको नाम र हस्ताक्षर दर्ज छ। नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्। जुम्ला र समग्र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय […]

ढल्नुभो हाम्रा नातावृत्तका शताब्दी पुरुष ‘सिद्धबाजे’

राप्ती भेगको त्यतिबेलाको मुख्य बजार घोराही जानेहरु मेरो जन्मथलो खुंग्री हुँदै घोडाखोलाको किनारैकिनार धैरे-मैचन्ने भएर मसिना पुग्थे र त्यहाँबाट तेर्सो हिँड्दै कल्लेरी हुँदै ओरालो झरेर अरङखोला तरेपछि धौलबाङतर्फ उक्लिने अनि हल्का उकालो ओरालो र तेर्सो बाटो हुँदै दाङको पहाडीभेगको राम्चे पुग्ने गर्दथे। गत २०८२ साल पुस ४ गते शुक्रबारका दिन अपराह्न सवा एक बजेको आसपासमा […]

गजल

हेर्दाहेर्दै न्यानो माया लुक्यो होला कतातिरखोलाजस्तै मायामिल्थ्यो सुक्योहोला कतातिर। लालुपाते फूल जस्तै ढकमक्क हाम्रो मायाकहाँ नेर कसो गरि चुक्यो होला कतातिर । बरु खोज्न उतै जाँन्थे चाल सम्म मिलीदेओस्मेरी सानु मायालुले खोक्यो होला कतातिर । पटुकिले कसे जस्तो कसिएको हाम्रो मायाछक्क पर्छु कसरी पो फुक्यो होला कतातिर । कठ्याङ्ग्रिने जाडो पनि आईसक्यो आँगनीमामेरी मुटु कसले […]

राजनीतिः पहिले सेवा, अहिले कमाउधन्दा !

घुस खाने चलन थिएन । आफूले घुस खायो भने सात पुस्ताले त्यसको असर भोग्नुपर्छ भन्ने मान्यता थियो । जनप्रतिनिधिलाई तलब त हुँदैन नै थियो, गाडी पनि दिइँदैनथ्यो । उनीहरु प्रायः हिँड्थे । हिँडेरै ठाउँठाउँ पुग्थें, जनताको समस्या सुन्थें । नेपालमा पटकपटक राजनीतिक परिवर्तन भयो । जुनसुकै व्यवस्था भएतापनि चुनाव हुन्थ्यो । २०४६ सालअघि पनि बारम्बार […]

हिमा गाउँपालिकामा आगलागी पीडितलाई राहत प्रदान

हिमा गाउँपालिका ५ बुअका आगलागी पीडित नन्दबहादुर शाहीलाई हिमा गाउँपालिकाले अत्यावश्यक राहत सामाग्री प्रदान गरेको छ। नन्दबहादुर शाहीको घरमा केही दिन अघि आगलागी हुँदा थुप्रै क्षति भएको र पालिकाले अत्यावश्यक सामाग्री घरमै पुगेर प्रदान गरेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।

नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ

हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरिएको हो। ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य दैलेखका सुशीलकुमार थापालाई एमालेले रुकुमपश्चिमको इन्चार्ज तोकेको छ। रुकुमपश्चिम नेकपाको जनआधार बलियो भएको जिल्ला हो।  यस्तै नेकपा एमाले सुर्खेत, कालिकोट, सल्यान, हुम्ला लगायत जिल्लामा भने पुरानै नेताहरूलाई पुनः इन्चार्जको जिम्मेवारी दिइएको छ। जसअन्तर्गत पार्टी केन्द्रीय […]

एउटा कविता

घामको अभ्यूदयमाविलुप्त वादल भन्छशीतको उदयास्त –होला सुनौलो वृति ? चक्र निरन्तरता युगकोअधिनस्तघटोत्कचको पैतलालेमाटोमा विलिन – ओहो! अपूर्ण उत्खनन्पूर्णत्वमा शून्य जागृतअनेकों योद्धिक फलशुन्यको लागि ! अनन्त मोह गृहमा –उभिन खोज्नु छदृश्य हिउँ बनोस् –हातीको मुखमा जिरा ! सम्प्रभुता ! उदेक लागेरकिनारै किनारको यात्राअहंकारको भिम‌काय चचट्टानप्रथना सभाको मौन। सून्य – शून्यको यात्राखोजको गर्भबाटशुन्य निस्कन्छनाम रहन्छ – मौनता […]

ताजा समाचार