चन्दननाथ नगरपालिकाका नगर प्रहरीद्वारा नगर प्रहरीलाई नै जातीय विभेद

जुम्लाको चन्दननाथ नगरपालिकामा जातीय विभेद भएको छ। चन्दननाथ नगरपालिकामा कार्यरत नगर प्रहरीहरुको केही विवाद हुँदा केही जातीय आक्षेप लाग्ने अपशब्द बोलेर एक नगर प्रहरीले जातीय विभेद गरेकी छन्। नगरपालिकाको प्राङ्गणमै महिला नगर प्रहरीहरु माला उनी रहेको भिडियोमा देखिन्छ र सामान्य एकआपसमा गाली गलौज गरेर चर्काचर्की भएको छ। उनिहरु बीच झगडा किन भएको त्यो प्रष्ट रुपमा […]
पातारासी गाउँपालिकाको प्रशासकीय भवन सिलान्यास

जुम्लाको पातारासी गाउँपालिकामा नयाँ प्रशासकीय भवनको विशेष समारोहकाबीच सिलान्यास गरिएको छ। सोमबार पालिकाको केन्द्र लासीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भवनको आधारशिला राखेर निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका हुन। उनका अनुसार ६ करोड ७५ लाखको लागतमा बन्ने सो प्रशासकीय भवन विके जेएनएस जे भी जुम्लाले निर्माण गर्नेछ। दुई वर्षभित्र सम्पन्न हुने गरी ठेक्का सम्झौता […]
चन्दननाथ भैरवनाथ मन्दिरमा खडा गरिने लिंगाको नामाकरण कसरी गरियो?

तेस्राे लिंगाेकाे नाम चाहिँ कमसले लिंगो राखियाे। कथित दलितहरुले तेस्राे लिंगाे ल्याउनुपर्ने रित चलाइयाे। त्यसबेलाकाे समाजले सार्की, कामी, दमाईलगायत थरका मान्छेलाई कमसल वस्तुसरह मान्ने भएकाले उक्त तेस्राे लिंगाेकाे नाम कमसले लिंगो राखिएकाे अनुमान लगाउन सकिन्छ। नवदुर्गा पूजाकाे सुरुवात गर्ने दिनलाई अन्य क्षेत्रभन्दा फरक बनाउन बाबा चन्दननाथले एउटा अभ्यास गराएकाे बताउँछन्, संस्कृतिबारेका जानकार रमानन्द आचार्य। उनका […]
दलित प्रश्नमा एकता आवश्यक : विभाजन होइन, जवाफदेहितामा केन्द्रित बनौं

डा. मदन परियार जस्ता दलित समुदायका व्यक्तित्वलाई अहिले बनेको अन्तरिम सरकारमा जिम्मेवारी दिनु सकारात्मक भए पनि दलित प्रश्नलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने व्यापक कार्यक्रम चाहिन्छ। यसमा नवनियुक्त मन्त्रीले बुझ्न जरुरी देखिन्छ। नेपालको लोकतान्त्रिक यात्रामा दलित समुदायको भूमिका महत्वपूर्ण रहँदै आएको छ। समान अधिकार, न्याय र अवसरका लागि लामो संघर्षपछि आज संविधानले दलित अधिकारलाई संवैधानिक ग्यारेन्टी दिएको […]
घटस्थापना र नवरात्रको महत्व

नवरात्रपछि दशमीका दिन दुर्गाले असुरमाथि विजय पाएको स्मरण गरिन्छ। यसले सत्यको विजय र असत्यको पराजयको सन्देश दिन्छ। दशमीका दिन जमरा काटिन्छ। टीका–प्रसादसहित बुढापाकाबाट आशीर्वाद लिने परम्परा छ। यस वर्ष घटस्थापना असोज ६ गते परेको छ। शुभ साइत बिहान ९:१३ बजे सुरु हुन्छ। विजयादशमी असोज १६ गते बिहीबार बिहान ९:२३ बजे देवी विसर्जन र ११:५३ बजे […]
जुम्ला सिंजामा ट्याक्टर दुर्घटना, चालक घाइते

जुम्लाको सिँजा गाउँपालिका–३ नराकोट बसपार्क नजिक ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। सोमबार बिहान करिब २ः३० बजेतिर कनकासुन्दरी गाउँपालिका–४ का ललजिंग बुढाले चलाएको भे २ त २०६२ नम्बरको ट्याक्टर पार्किङ गर्ने क्रममा एक्कासी अनियन्त्रित भई इञ्जिनको भाग मात्र पल्टिँदा दुर्घटना भएको नराकोट प्रहरीले जनाएको छ। दुर्घटनामा चालक बुढाको टाउको, बायाँ कान र हातमा चोट […]





