सोमबार, ९ भाद्र, २०८२

उत्तराखण्डको बाढीमा जाजरकोट १२ र जुम्लाका १ जना बेपत्ता

केहीदिनअघि भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा आएको भीषण बाढीमा परेर जाजरकोटको कुशे गाउँपालिकाका वडा २ का १३ जना नागरिकहरु बेपत्ता भएका छन् । बेपत्ता भनिएका १३ जना मध्ये ७ सातजनाको मृत्यु भैसकेको र मृत्यु हुनेमा कुशे २ का ६ जना नागरिक र एकजना जुम्लाका नागरिक रहेको अनुमान गरिएको छ । मृतक बेपत्ता भनिएकाहरुको अवस्था हालसम्म […]

यार्सागुम्बा विक्री नहुदा मारमा संकलक र व्यापारीहरु

मुगु जिल्लाको मुगमकामारोङ्ग गाउँपालिकास्थित उच्च वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको कारोबारमा यसवर्ष ठूलो समस्या देखा परेको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारसम्म यार्साको मूल्य निरन्तर घटिरहेकाले संकलक र व्यापारी दुवै निकै प्रभावित बनेका हुन् । उच्च मूल्यको आशामा यार्सागुम्बा संकलन गरेका स्थानीयहरूको मेहनत यसपटक पानीमा बग्ने अवस्था आएको छ भने करिब दुई क्विन्टल यार्सागुम्बा मुगुमै […]

भारतको हिमाचलमा गाडी दुर्घटनामा परि जुम्लाका रतन तिरुवाको मृत्यु

जुम्ला तिला गाउँपालिका ३ का रतन तिरुवाको भारतको हिमाचल प्रदेश अन्तर्गत पर्ने किन्नौर जिल्लामा गाडी दुर्घटनामा परि मृत्यु भएको छ । किन्नौर जिल्ला आसपास केही दक्षिण पूर्वमा पर्ने सडकमा आफै गाडी चलाइरहेका तिरुवाको गाडी एकाएक अनियन्त्रित हुँदा गाडी दुर्घटनामा परेको थियो । गाडी करिब २०० मिटर तल सतलज नदिमा खसेको र घटनास्थलमै ज्यान गएको आफन्तले […]

कविता – झुट

फोनको घण्टी बज्योहेल्लो!!“के छ खबर?”उफ्..!!!!अब यस्तो बेलामा के छ भन्नु?केही त छैन्हुन त फेरि सबथोक छउही क्या त….उम…उही‘भुपि शेरचन’ को “मेरो चोक”जस्तोहो ठ्याक्कै त्यस्तो चोक,भोक,रोग,शोक…सबथोकयसरी हालत एकदमै बिग्रिदा त…..लाग्छ भनिदिन्छु“केही पनि ठिक छैन् यहाँ”झुट बोल्नु ठिक पनि त होइनतर फेरि सोच्छु …“ह्या होस्मेरो झुटलेकोही खुसी हुन्छन् भने,झुटै सहि नि” …र फेरि झुट बोल्छु“सबै ठिक छ,म […]

सुनका गरगहना चोरी गर्ने एक युवक पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ नयाँ बजारस्थित एक घरमा भएको सुनचाँदी चोरीको घटनामा संलग्न हुने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान करिब ११:३० बजे कल्पना मल्लको घरमा कोही नभएको मौका पारेर घरभित्र पसेर सुनचाँदीका गरगहना र नगद रकम चोरी भएको थियो। चोरी भएको धनमालमा करिब २.५ तोलाको सुनको सिक्री, एक थान ईन्डियन मंगलसुत्र, […]

न्युयोर्कमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै सांसद ज्ञानेन्द्र शाही

अमेरिकाको राजधानी न्युयोर्कमा हुन लागेको अन्तरक्रिया कार्यक्रम सांसद ज्ञानेन्द्र शाही सहभागी हुँदै छन् । राष्ट्रवादी विचारमा आफ्नो धारणा व्यक्त गर्न शाही न्युयोर्कमा सहभागी हुन लागेका हुन् । अगस्ट ९, को साँझ, क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा मिट एण्ड ग्रिट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।हिमानी ट्रष्ट अमेरिका  न्युयोर्क शाखाले , प्रवासी नेपाली एकता समाज […]

प्रसाईं निस्किँदा राजनीतिक दल र शोषक, सामन्तीको हरायो निन्द्रा, पीडितहरूमा आशा !

प्रसाईं पक्राउ पर्नासाथ न राप्रपाले आन्दोलन गर्न सक्यो, न त राजतन्त्रको पक्षमा बोल्न सक्यो। अहिले राजेन्द्र लिङ्देन, प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी, ज्ञानेन्द्र शाही, रविन्द्र मिश्र, धवलशमशेर राणा कुन दुलोमा लुकेर बसेका छन्? प्रसाईंले राजतन्त्र फर्काएमा ‘हामीले केही पाउँदैनौं, राजाले हामीलाई हेर्दैन’ भन्ने थाहा पाएपछि राप्रपा आन्दोलनमा होमिएको थियो। ‘देश र जनताको लागि काम गर्छौं’ भन्दै […]

जुम्लामा चाडपर्व लक्षित बजार अनुगमन: म्याद गुज्रेका खाद्यवस्तु भेटिए

चन्दननाथ नगरपालिकाले साउन २० गते खलंगा बजारमा चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि बजार अनुगमन गरेको छ। उपभोक्ता हित संरक्षण समितिको आयोजनामा गरिएको उक्त अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाको नेतृत्व रहेको थियो। अनुगमन टोलीमा कार्यवाहक नगरप्रमुख तिलकप्रसाद न्यौपाने, प्रशासन कार्यालयका अधिकृत मिनबहादुर रावल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्रमुख प्राक्षा न्यौपाने, […]

ताजा समाचार