धित नमरेको रारा यात्रा

पहिलोचोटी जमिनमुनिबाट भुलभुलेमा पानीको खोलो बगेको देख्दा आश्चर्यचकित भएँ। लंक दाजुले “घुच्चीको पाटन आउँदैछ, झन् रमाइलो छ”, भन्दै कौतूहलता जगाइरहनु भएको थियो। मलाई मेरो मनमा ‘त्यस्तो के होला?’ भन्ने लागिरहेको थियो। जुम्ला सदरमुकाम खलंगाबाट पहिलो चेरेँचौर, डाँफे लेक, खाली बाटो थारमारे, न्याउरीगाढ, काभ्राओढार, भाड, चौथा, भुलभुले हुँदै जुम्ला र मुगुको सिमाना घुच्ची पुग्नु भन्दा करिब […]
कर्णाली सहित चार प्रतिष्ठानका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित)

रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिक भएको छ। सबैगरी ५५ जनाकाे आवेदन परेको थियाे। तीमध्येबाट प्रस्तुति र कार्ययोजना अनुसार सूची निर्माण भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएकाे हाे। कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ताका लागि प्रत्येक प्रतिष्ठान मध्ये […]
भारतको उत्तराखण्डमा भीषण बाढी

उत्तराखण्डको धरालीमा भीषण बाढीले त्यहाँको खीर गंगा नामक गाउँ नै बगाएको छ। भारतीय अखबार दैनिक भाष्करको अनलाइन संस्करणले भारतीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो। घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन्। उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर आएको र ५० भन्दा […]
नेपाल तरुण दल जुम्लाको समानान्तर समितिलाई पातारासीको बधाई

नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको ११ दिन पुग्दासमेत संगठनभित्र उत्पन्न विभाजन साम्य हुन सकेको छैन। अधिवेशनमा शेखर कोइराला समूह र शेरबहादुर देउवा समूहबीच उत्पन्न विवादका कारण शेखर समूहले संजिव रावलको नेतृत्वमा समानान्तर जिल्ला समिति घोषणा गरेपछि तरुण दल जुम्ला वैधानिकताको होडबाजीमा फसेको छ। यसैबीच, पातारासी गाउँपालिका तरुण दलले मंगलबार एक कार्यक्रम […]
आंशिक व्यवस्थापन शिक्षकलाई शिक्षण सहायक गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण

त्रिभुवन विश्वविद्यालयअन्तर्गत जुम्ला बहुमुखी क्याम्पसमा लामो समयदेखि अध्यापन गरिरहेका आंशिक शिक्षकहरुले विश्वविद्यालय प्रशासनप्रति असन्तुष्टि जनाउँदै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शिक्षण सहायक पदका लागि त्रिवि कार्यकारी परिषदमा पठाइएको फाइल झण्डै तीन महिना बितिसक्दा समेत अनुमोदन नहुँदा आन्दोलनको चेतावनी दिएका हुन्। त्रिवि र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच २०८१ साउन १८ गते भएको सहमतिअनुसार कार्यान्वयन […]
करोडौंको घरजग्गा लाखौंमा झर्यो, तैपनि किन किनबेच ठप्प ?

उपत्यका पूरै डुब्यो। भक्तपुरको राधेराधेस्थित भाटभटेनी रहेको एरिया पनि पूरै डुबेको थियो। वर्षाले उपत्यका जलमग्न हुँदा ठूलो भौतिक क्षति पुग्यो। मानिसहरूको सामान सबै बिग्रियो। त्यसपछि कतिपयले डराएर उपत्यका छोडे। सामाजिक सञ्जालहरूमा काठमाडौं उपत्यकासहित बाहिरी जिल्लामा घरजग्गा निकै सस्तो मूल्यमा बिक्रीका लागि राखिएको भेटिन्छ। राष्ट्रिय दैनिक पत्रपत्रिका र सार्वजनिक स्थलमा पनि घरजग्गा निकै सस्तो भएको सुनिन्छ। […]