नयाँ–नयाँ जुक्ति निकालेर दोहोरो सुविधा लिँदै सरकारी कर्मचारी, सरकारलाई छैन जानकारी !

अनि पद हेरेर न्यूनतम १८ लाखदेखि माथिल्लो पदको ३२ लाख रुपैयाँसम्म उपदान लिन्छन्। यो रकम लिएर बैंकमा जम्मा गर्छन्। कतिपयले जग्गामा लगानी गर्छन्। ३२ लाख रुपैयाँको मासिक ब्याज ३२ हजार रुपैयाँ आउँछ। त्यसैगरी, १८ लाखको मासिक ब्याज १८ हजार रुपैयाँ आउँछ। सरकारी कर्मचारीले विगतमा पेन्सन र भत्ता दुवै बुझ्थे। त्यसमा नेपाली निजामती सेवामा जागिरेका साथै […]
दिनदहाडै चन्दननाथ मन्दिरमा रहेको दानपेटिकाको रकम चोरी

जुम्ला स्थित प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरमा बिहीबार दिउँसो २:४० बजे अज्ञात व्यक्तिले दानपेटिका फोडेर रकम चोरी भएको छ। मन्दिर परिसरमा प्रहरी यूनिट खडा भएको र सुरक्षाकर्मीको उपस्थिति रहेको अवस्थामा पनि दानपेटिका चोरी भएको हो। चन्दननाथ मन्दिरका नायब सुब्बा रत्नप्रसाद आचार्यका अनुसार, सिसिटिभी फुटेजमा अज्ञात व्यक्तिले दानपेटिका फोडेर रकम चोरी गरेको स्पष्ट देखिएको छ। प्रारम्भिक […]
कर्णालीको स्वास्थ्य स्थिति: संरचनागत कमजोरी, जनस्वास्थ्य चुनौती र सम्भावनाका उपायहरू

कर्णालीले देखेको सपना केवल सरकारी सुविधामा सीमित हुनुहुँदैन। यसले समुदाय, गैरसरकारी संस्था, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदारहरू र प्रदेश सरकारबीचको त्रिकोणीय सहकार्यमार्फत दीर्घकालीन स्वास्थ्य स्थायित्वको दृष्टिकोण स्थापना गर्नुपर्छ। कर्णालीको स्वास्थ्य संकट– समृद्धिको अवरोधनेपालको भौगोलिक र सामाजिक संरचनामा सबैभन्दा दुर्गम, पिछडिएको र चुनौतीपूर्ण मानिने प्रदेश कर्णाली हो। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाले भरिएको भए पनि […]
स्मृतिमा दिपायल बसाइका चौध महिना”

दिपायलस्थित कार्यालयमा हाजिर भई बहसका लागि पुनरावेदन अदालत दिपायलमा मलाई तोकिएका मुद्दाहरूमा बहस–पैरवी गर्न गएको थिएँ। त्यो बेला उक्त अदालतमा माननीय मुख्य न्यायाधीश ईश्वर खतिवडा हुनुहुन्थ्यो। पहिलो दिन भएकोले भेट्न गएको थिएँ। उहाँले आफ्नो च्याम्बरमा बोलाई प्रेमपूर्वक नजिकै सोफामा बसाली पानी र चिया मगाई आतिथ्य गर्नुभयो। उहाँको नजिक अर्का माननीय न्यायाधीश हिमालयराज पाठक पनि हुनुहुन्थ्यो। […]
हिमा गाउँपालिकामा तेस्रो पढाइ मेला: शैक्षिक नवप्रवर्तन र प्रतिभाको उत्सव

दुई दिनसम्म चल्ने यो मेलाले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई एकै ठाउँमा ल्याएर शैक्षिक अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ। जुम्लाको हिमा गाउँपालिकामा तेस्रो पढाइ मेला भव्यताका साथ सुरु भएको छ। यो मेला शैक्षिक क्षेत्रमा नवप्रवर्तन, विद्यार्थीहरूको प्रतिभा र सीपको प्रदर्शन, तथा सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गर्ने उद्देश्यले आयोजित एक महत्त्वपूर्ण पहल हो। दुई दिनसम्म […]




