कविता : असारको असारे

जब आकाश आफैँ खोली बन्छ,र धर्ती हर्षले आँखा चिम्लिन्छ,त्यसैबेला म जन्मन्छु,असारको नाममा,माटोको मुहारमा,किसानको काँधमा। मेरो पहिलो सासहिलो र गन्धको सुगन्ध हो,त्यो गन्ध, जुन पुर्खाको जोत्नमा बस्छ,त्यो हिलो, जुन बाको पसिनालेआमाको थालमा अन्न बनाइ दिन्छ। म पौराणिक हुँ,इन्द्रको आशीर्वाद लिएको,हरिशयनी विष्णुको मौन यात्रासँगश्रीखण्ड जस्तै रमाएको।सृष्टिका ऋतुसँग संगालिएकोमेरो आगमनले जीवनको सन्देश ल्याउँछ। नदीहरू गुञ्जन्छन्,वनहरू हरियाली ओढ्छन्,गाउँलेहरू गीत […]
कर्णालीमा सामाजिक न्यायका लागि नाट्य कला हुँदै: युवा-युवतीलाई ६ महिने कार्यशालाको अवसर

कार्यशाला १८ देखि ४० वर्ष उमेर समूहका सुर्खेतमा अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने १५ जना उत्साही युवा-युवतीका लागि सुनौलो अवसर बन्ने अपेक्षा गरिएको छ। कर्णाली आर्ट सेन्टरले सामाजिक न्याय स्थापनाको दीर्घकालीन लक्ष्यलाई साकार पार्न कर्णाली प्रदेशका युवा-युवतीहरूलाई लक्षित गर्दै ६ महिने अभिनय शिल्प, नाटक लेखन, नाट्य परियोजना निर्माण, व्यवस्थापन र नेतृत्व विकास कार्यशाला आयोजना […]
जुम्ला, तिला नदी किनारमा अज्ञात पुरुषको शव फेला

चन्दननाथ नगरपालिका -९ खल्लाचौर नजिकै तिला नदीको किनारमा बिहिवार बिहान ८:३० बजे एक अज्ञात पुरुषको शव फेला परेको छ। स्थानीय बासिन्दा दिपेन्द्र रावलले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई टेलिफोनमार्फत उक्त घटनाको जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ५ जनाको प्रहरी टोली र कर्णाली स्वास्थ्य विज्ञान […]
जुम्ला सदरमुकाममा गणेश मन्दिर निर्माण हुँदै

चन्दननाथ नगरपालिकाको पाँच मुख्य बजारमा गणेश मन्दिर निर्माणका लागि शिलान्यास सम्पन्न भएको छ। करिब बीस लाखको लागतमा बन्ने यो मन्दिरले स्थानीय बजारको सांस्कृतिक र धार्मिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। शिलान्यास समारोहमा चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले मन्दिर निर्माणले स्थानीय समुदायको एकता र धार्मिक सद्भावलाई प्रोत्साहन गर्ने बताए। उनले भने, “यो मन्दिर धार्मिक […]
हुम्ला यात्रा: मेरो नियति, मेरो संकल्प

हुम्लामा हरेक दिन म फेरि नयाँ नयाँ अर्थ पाउँछु। हरेक अभावले मलाई अझ समर्पित बनाइरहेछ। कलिला मुनाहरूको मुस्कानले मलाई जीवनको सार सिकाइरहेछ। शिक्षकको हृदयबाट लेखिएको एक जीवनभोग शिक्षक हुनु केवल शैक्षिक उत्तरदायित्व मात्रै होइन। यो त एउटा आत्माको यात्राको कथा हो, जहाँ आफ्नो भोगाइलाई अरूका आशामा रूपान्तरण गरिन्छ। त्यही यात्राको एउटा अध्याय हो, तिनै अध्यायहरूको […]
आर्थिक मन्दीको बहाना बनाउँदै, कामदारहरूलाई तलब नदिई कामबाट धमाधम निकाल्दै!

उता, लिलामी गरेको धितोहरू पनि बिक्री नभइरहेको अवस्था छ। यसले गर्दा बैंकहरूलाई समस्या भएको छ। बैंक तथा वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी कटौती गरिरहेका छन् भने बैंकहरू मर्ज हुने क्रम पनि जारी छ। बैंकले एउटै व्यक्तिमाथि अर्बौं रुपैयाँ लगानी गरेको छ। पछिल्लो समय आर्थिक मन्दीको बहानामा कामदारहरूको श्रम शोषण गर्ने क्रम बढेको छ। तलब नमागुञ्जेल […]