नेपाल डेन्टल एसोसिएसनको शान्तिपूर्ण आन्दोलन: १५ शैय्याको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी माग

वैशाख २८ गतेदेखि सुरु भएको यो आन्दोलनमा दन्त चिकित्सकहरूले कालो पट्टी बाँधेर आफ्नो नियमित उपचार सेवालाई निरन्तरता दिइरहेका छन्। देशभरका सरकारी अस्पताल, निजी क्लिनिक, र दन्त अस्पतालहरूमा ब्यानर र पोस्टरमार्फत सरकारलाई दबाब दिइएको छ। नेपाल सरकारले हालै पारित गरेको “आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१” मा नगरपालिकामा स्थापना हुने १५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी […]
घुसिया स्थानीय जनप्रतिनिधि र कर्मचारी : पैसा खाएर धमाधम घर सम्पन्नता प्रमाणपत्र र लालपूर्जा बाँड्दै, सरकारी सम्पत्ति हड्प्नेलाई प्रोत्साहन !

कमसल र गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेर घर बनाइएको छ। घर बनाउँदा सरकारले तोकेका न्यूनतम मापदण्डसमेत पालना गरिएको छैन। फेरि त्यस्ता घरलाई स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले घुसको आडमा सम्पन्नता प्रमाणपत्र दिएकोले झन् जोखिम बढेको छ। काठमाडौं उपत्यका तथा बाहिरी जिल्लाका घरधनीहरूले आफूहरूले घरको सम्पन्नता प्रमाणपत्र लिन लाखौं रकम खर्च गरेको बताउँछन्। स्थानीय तहका जनप्रतिनिधि […]
जुम्लाको हिमा गाउँपालिकाका सबै वडा बालविवाह मुक्त घोषित

जुम्लाको दुर्गम क्षेत्रमा अवस्थित हिमा गाउँपालिकामा बालविवाह एउटा जटिल सामाजिक समस्या थियो। तथ्याङ्कअनुसार, केही वर्षअघिसम्म जुम्लामा ७० प्रतिशतभन्दा बढी बालविवाह हुने गरेको थियो। हिमा गाउँपालिकाले नेपालको सामाजिक परिवर्तनको इतिहासमा एउटा कोसेढुंगा कायम गरेको छ। २०८२ वैशाख २९ गते हिमा गाउँपालिका वडा नम्बर ६ लाई बालविवाहमुक्त वडा घोषणा गरिएसँगै यो गाउँपालिकाका सम्पूर्ण वडाहरू बालविवाहमुक्त भएका छन्। […]