मंगलवार, ३ असार, २०८२

कक्षा १२ को परीक्षा स्थगित, नयाँ तालिका भोली(बुधबार) सार्वजनिक हुने

कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए। सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा स्थगित गर्नेबारे सूचना निकाल्दैछ। परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ। ‘परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक […]

जुम्लामा हिमाली संवादको गर्मागरम बहस सुरु

हिमाली संवादले जलवायु परिवर्तनका असर र अनुकूलनका उपायहरूबारे गम्भीर छलफल गर्नेछ। यहाँ उठेका सवालहरूलाई हामी सरकारसम्म पुग्ने विश्वास गरिएको छ। कर्णाली प्रदेशका १० वटै जिल्लाबाट आएका नागरिक अगुवा, बालबालिका र युवाहरूको भिड जम्मा भएको थियो। किर्डाक नेपालले आयोजना गरेको ‘हिमाली संवाद’को पहिलो दिन जुम्लामा सुरु भएको थियो। यो संवाद जलवायु परिवर्तनको गम्भीर असर र त्यसबाट […]

सुर्खेतमा सवारी दुर्घटनापछि आन्दोलन: पीडितलाई न्यायको माग

सुर्खेतको रेडियो नेपाल नजिकै हिमा गाउँपालिका–४, तलिकडू निवासी ५५ वर्षीय कालिबहादुर बुढाको सवारी दुर्घटनामा मृत्यु भएपछि स्थानीयले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन्। मिति २०८२ वैशाख ७ गते आइतबार बिहान करिब ६ बजे ठर्णाली प्रदेश ००१ ख ९१५ नम्बरको गाडीले सुनियोजित रूपमा ठक्कर दिँदा बुढाको घटनास्थलमै मृत्यु भएको पीडित पक्षको आरोप छ। स्थानीयका अनुसार, गाडी सञ्चालक […]

सरकारलाई जनताको प्रश्न, ‘सडक गाडी गुडाउन बनाइएको हो कि आन्दोलन गर्न?’

राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सहभागी नहुन आग्रह गर्‍यो। सरकारले राप्रपाको आन्दोलन देख्छ, तर शिक्षकहरूले सडक कब्जा गरेर सर्वसाधारणलाई दुख दिँदा चाहिँ देख्दैन। काठमाडौंको सिफल र तीनकुनेमा खाली चौर छ। टुँडिखेल र भक्तपुरको सल्लाघारीमा पनि खाली चौरहरू छन्। तर, शिक्षकहरूको आन्दोलन आज १९औँ दिनमा प्रवेश गरेको छ। आन्दोलनको नाममा […]

जुम्लामा युवा भेला : १६ बुँदे घोषणापत्र जारी, युवा नेतृत्व र सहभागिताको नयाँ मार्गचित्र

प्लान इन्टरनेसनल नेपालको सहयोगमा पेस नेपाल र क्याड नेपालले आयोजना गरेको तीनदिने भेलामा जुम्लाका आठ पालिकाबाट ३२ जना युवा (१३ पुरुष र १९ महिला) सहभागी थिए। जुम्लामा बैशाख ८ गते सम्पन्न जिल्ला स्तरीय युवा भेलाले “युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता : सबैको मानव अधिकारको सुनिश्चितता” नारासहित १६ बुँदे घोषणापत्र पारित गरेको छ। […]

ताजा समाचार