कुलमान मन नपरे पनि उज्यालो त मन पर्छ होला नी?

स्मरण रहोस्, ९ अर्ब घाटामा डुबेको नेपाल विद्युत् प्राधिकरणलाई डेढ अर्ब नाफामा पुर्याउने कुलमान नै हुन्। २०१५/१६ मा प्राधिकरणको वार्षिक आम्दानी ३५ अर्ब ७२ करोड थियो। गत आर्थिक वर्षमा त्यो बढेर ७४ अर्ब ३० करोड पुग्यो—४ वर्षमा ११५ प्रतिशतले वृद्धि। यो कुनै जादु होइन, कुलमानको नेतृत्व र इच्छाशक्तिको परिणाम हो। प्रिय भ्रष्टाचारका महारथीहरू, कुलमान घिसिङको […]
जुम्लामा घरभित्र भेटियो चरी बाघ, उद्धार गरेर उपचार

स्थानीय बासिन्दाको रोहबरमा वन कार्यालयका कर्मचारीले चरी बाघको उद्धार गरेका छन्। उद्धार गरिएको बाघलाई उपचारका लागि जिल्ला वन कार्यालयमा ल्याइएको छ। जुम्लाको चन्दननाथ नगरपालिका–६, रिठेगैडा नजिकै एक स्थानीय बासिन्दाको घरभित्र चरी बाघ भेटिएको छ। मंगलबार बिहान साढे १० बजेको आसपासमा बखत बहादुर कठायतको घरको तल्लो तलामा रहेको हाँस राख्ने खोरभित्र यो दुर्लभ जनावर फेला परेको […]
झुटा आश्वासनको जाल नतोडे कर्णालीको नियति फेरिदैन

जनताले के पाए? बारम्बार गाउँ छिरेर झुटा आश्वासन बाँड्ने, कर्णालीको दु:ख बेचेर सरकारमा पुग्नेहरूले यहाँका जनतालाई कहिल्यै माफी पाउने छैनन्। कर्णाली, जहाँ पहाडका काखमा बस्तीहरू टुक्रिएर बसेका छन्, जहाँ सपनाहरू सडकको अभावमा डाँडाबाट हेर्दाहेर्दै थाकेका आँखाहरूमा हराउँछन्। सिंहदरबारबाट टाढा रहेको यो भूगोल राज्यको सौतेनी व्यवहारको सधैं शिकार बन्दै आएको छ। “गाउँगाउँमा सिंहदरबार” भन्ने नारा यहाँका […]
उपत्यकामै मीटरब्याजीहरूको बिगबिगी, पर्दाभित्रबाट नेताको निर्देशन, कार्यकर्ताले जनता ठग्दै!

मीटरब्याजमा पैसा लगानी गर्नेमा सुन व्यापारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, होटल व्यवसायी, उद्योगी, अन्य व्यवसायी र टोले गुण्डाहरू छन्। ऋण लिनेमा भने साना व्यापारी, घरजग्गा, गाडी वा सेयरमा लगानी डुबेकाहरू छन्। मुलुकको राजधानीमा नै मीटरब्याजीहरूको प्रभाव बढ्दो छ। काठमाडौं उपत्यकामा पछिल्लो समय मीटरब्याजमा पैसा लिने–दिने क्रम तीव्र बनेको छ। यहाँ एक लाखको ऋणमा मासिक […]