शुक्रबार, ५ बैशाख, २०८२

अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु

अछामको मंगलसेन नगरपालिका-८ सुतुडामा माटोको ढिस्कोले पुरिँदा दुई जना महिलाको ज्यान गएको छ। चैतेदसैंका लागि घर लिपपोत गर्न माटो ल्याउन गएका एकै घरका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार वडा नम्बर-९ पान्लिभिडमा माटो खन्ने क्रममा ढिस्को खसेर उनीहरू […]

राप्रपाले तिर्‍यो काठमाडौं महानगरले गरेको जरिवाना

राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको निर्णयलाई स्वीकार गर्दै जरिवानाको १ लाख रुपैयाँ काठमाडौं महानगरपालिकाको खातामा जम्मा गरिसकेको जानकारी दिएका छन्। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सार्वजनिक सम्पत्तिको क्षति र वातावरण प्रदूषण गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गरेको थियो। महानगरले फागुन २५ गते राप्रपाको पार्टी कार्यालयबाट आयोजित एउटा कार्यक्रमका क्रममा […]

कविता: हुर्कँदै गरेकी छोरी

बाह्र पन्द्र वर्ष पार गरेकीपाँच, छ कक्षा पास गरेकीफक्रिँदै गरेकी कोपिला जस्तैपलाउँदै गरेका पात जस्तैउदाउँदै गरेका घाम जुन जस्तैचम्किली, उजेली, हँसिली बानि व्यवहार बचपन जस्तोसानै कुरामा रिसाउने तसानै कुरामा रमाउनेहुँदा हुँदै पनिछिमेकी समाजले उनलाईहेर्ने नजर, गर्ने व्यवहारसबै कुरा फरक भयोसबैले आ-आफ्नोरुपमा हेरिरहेका हुन्छन्। कसैले केहि तकसैले केहिअनेक कुरामा ध्यान लगाउनथालिसकेको हुने रहिछन्।कसैले उमेरकसैले इज्जतकसैले व्यवहारजे […]

कविता : बाल विवाह

एक हुल मानिसको जमातपञ्चे बाजाको तालमाछमछमी नाँच्दै थिएम भने भाँडाकुँडा खेलमा व्यस्तआमा हतारिँदै आउनु भयोलामो श्वास फर्दैभन्नु भयोछिटो घरमा हिँड् म आमाको पछ्यौरी समाएर नाँच्दै उफ्रिँदैपुतली झैँ उडेँ ऽऽऽअघिसम्म बेहुली बन्दा रिसाउने आमाअहिले आफैले मलाई सजाउँदै हुनुहुन्छ। नयाँ कपडानयाँ गहनानयाँ सम्बन्धनयाँ घरपाएर म फुरुङ्ग जसरी हिजो खेलमा काल्पनिक बिहे हुन्थ्योआज वास्तविक हुँदैछ।हिजो मसँग राम बेहुला […]

भुक्तानीबारे सबैतिर चर्चा, काम र सामानको गुणस्तरबारे सबै मौन!

हुन त यहाँ एकलाई ठगेर अर्को धनी बनेका छन्। चाँहे त्यो सरकारमा बसेकाहरु हुन् या आम सर्वसाधारण। एउटालाई नठगी अर्को उधो नलाग्ने देश बनिसकेको छ, हाम्रो। यसैको सिको निर्माण व्यवसायी, अस्पताल, दुग्ध र उखु किसानहरुले पनि गर्नु कुनै नौलो भएन। नेपालीमा एउटा उखान छ, ‘आए आँप, नआए झटारो।’ अर्थात् रुखमा रहेको आँपलाई झार्न झटारो हान्नैपर्छ। […]

मेरो संघर्ष अनि प्राप्त सफलता

कोरोनाले कलेज बन्द भयो। म घर गएँ। सबै साथीहरुले अनलाइन क्लास लगिरहेका थिए। ईन्टरनेटको पहुँचबाट टाढा रहेको म पढ्ने अवसरबाट बञ्चित थिएँ। तर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै अनलाइन क्लास लिन नपाए पनि मेरा आफ्ना किताबलाई भने बुझी नबुझी पढ्न सुरु गरेँ। हिमा -३ मोफ्लामा जन्मिएकी मलाई मेरो परिवारले अध्यनको लागि हाम्रै राहदेव माध्यमिक स्कुलमा […]

ताजा समाचार