नारी दिवसको अवसर पारेर तातोपानीमा भव्य कार्यक्रम

“सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण” नारासहित आयोजित यो कार्यक्रममा महिलाहरूले देउडा, हुड्के नृत्य र एकल गायनमार्फत आफ्ना पीडा, अधिकार र सशक्तीकरणका सवालहरूलाई सशक्त रूपमा प्रस्तुत गरे। जुम्लाको तातोपानी गाउँपालिकाले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई उत्सवको रूपमा मनाउँदै महिलाहरूको सशक्तीकरण र अधिकारका मुद्दालाई जोड दिएको छ। गाउँपालिकाको केन्द्र लिताकोटमा आयोजित भव्य सांस्कृतिक […]
जुम्लामा गणेश नेपालीको नेतृत्वमा स्वास्थ्य प्राविधिक संघको नयाँ कार्यसमिति

वि.सं. २०३६ मा स्थापना भएको नेपाल स्वास्थ्य प्राविधिक संघ विशुद्ध पेशागत संगठन हो। नेपाल स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनले नेपालीको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा खुला उपाध्यक्षमा भरत बुढा, समावेशी उपाध्यक्षमा बिराजु जि.सी, महिला उपाध्यक्षमा सरिता पोख्रेल, […]
कर्णाली संस्कृति झल्काउने तस्वीरहरू ‘कल्चरल्ली गोर्जस नेपाल’ पुस्तकमा प्रकाशित

जुम्ला जिल्लामा अध्ययनका क्रममा केही समय बिताएका फोटोग्राफर राज अधिकारीले त्यहाँको संस्कृति र परम्पराले आफूलाई गहिरो प्रभाव पारेको बताए। कर्णालीको समृद्ध संस्कृति र पहिचान बोकेका तस्वीरहरू सांस्कृतिक संस्थानद्वारा प्रकाशित ‘कल्चरल्ली गोर्जस नेपाल’ नामक फोटो पुस्तकमा समावेश भएका छन्। नवलपरासीका चर्चित फोटोग्राफर राज अधिकारीले खिचेका यी तस्वीरहरूले जुम्ला जिल्लाको सांस्कृतिक वैभवलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। […]
उत्पीडनको सिकारदेखि मुक्तिको आकांक्षासम्म

“डङ्किनी,” “बोक्सी,” “थाङ्ग्ने” जस्ता अपमानजनक शब्दले उनीहरूलाई बारम्बार लाञ्छित गरिन्छ। तिनै “थाङ्ग्ने” भनिएकाहरूले जीवनको आधार बनाएका छन्, तर समाजले उनीहरूलाई निरन्तर तिरस्कार गर्छ। महिला यो शब्द आफैंमा जीवनको गतिशीलता र सृष्टिको आधार हो। महिला स्नेहको मुहान हुन्, सहनशीलताको प्रतीक हुन्, आधा आकाश र आधा धर्तीका हकदार हुन्। उनीहरू जननी हुन्, आमा हुन्—जसको कोखबाट हामी सबैको […]
जुम्लामा मनाइयो अन्तर्राष्ट्रिय नारी दिवस

संसार विभिन्न खाले महिला अधिकारको लागि ठूलो क्रान्ति भएपछि संयुक्त राष्ट्रसंघ (युएओ)ले सन् १९७७ मा औपचारिक रूपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा घोषणा गरेको थियो। ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस, “सबै महिला तथा बालिकाकाे लागि अधिकार समानता र सशक्तीकरण” भन्ने नारासहित जुम्ला सदरमुकाममा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। खलंगा बजारमा बाजागाजा सहित नारी […]
हन्डर खान्छु, हार खान्न’

अन्तर्राष्ट्रिय नारी दिवस समाजकाे विरुद्ध महिला जानु भनेकाे बाेक्सिनी, अलछिनी, राक्षसनी हुनु हाे। समाजकाे यस्तै चस्मा लाएकाे छ। उसकाे चस्माबाट हामी देखिने त्यही हाे। यी सबै सहेर पनि म अटाे चलाउन लागे। नमस्कार – मेराे नाम कल्पना बुढा हाे। मैले अटाे चलाउन थालेकाे डेढ वर्ष भयाे। जुम्लामा अटाे चलाउने म एक्ली महिला हुँ। याे अवधिमा […]
अधुरो(अधकल्चाे) नारी दिवस

नारी दिवस विशेष यसरी हरेक वर्ष नारी दिवस मनाएर मात्र परिवर्तन सम्भव छैन। जबसम्म नीति निर्माणदेखि कार्यान्वयनसम्म महिला स्वयंको प्रभावकारी सहभागिता हुँदैन। नारी दिवस केवल एक दिन मनाउने परम्परा मात्र होइन। यो महिलाका हक, अधिकार, समानता र सशक्तीकरणलाई उजागर गर्ने अवसर हो। यो दिवसले समाजमा महिलाहरूले भोग्ने समस्याहरू, उनीहरूका उपलब्धिहरू र उनीहरूको योगदानबारे चर्चा गर्ने […]