मंगलवार, ३ असार, २०८२

जातीय विभेदको जग भत्काउन महिनावारी विभेदको अन्त्य जरुरी

वास्तवमै समान समाज निर्माण गर्न चाहन्छौं भने महिनावारी भएका मानिसहरूमाथिको सामाजिक निषेधलाई हटाउनु पहिलो प्राथमिकता हुनुपर्छ। त्यसपछि मात्र जातीय विभेदको अन्त्य सम्भव छ। नेपालमा जातीय विभेदको बहस जब उठ्छ, त्यसको जरो धर्म, संस्कार र परम्परामा गाडिएको पाइन्छ। तर, गहिराइमा जाँदा देखिन्छ कि जातीय भेदभावको आधार महिनावारी विभेद नै हो। महिनावारीलाई अपवित्र मान्ने संस्कारले समाजमा शुद्ध–अशुद्धको […]

जुम्लामा एचपीभी खोप अभियान सुरु

जुम्लाका आठ स्थानीय तहमा करीब नौ हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। पाठेघरको मुखको क्यान्सरबाट बचावका लागि एचपीभी खोप अभियान आजदेखि जुम्लामा सुरु भएको छ। यो अभियान देशभर माघ २२ गतेबाट सुरु भएपनि जुम्लामा हिउँदे बिदाका कारण विद्यालयहरू ढिला खुल्ने भएकाले खोप अभियानको सुरुवात माघ २७ गतेबाट गरिएको हो। जुम्लाको कनिका निसा माविबाट खोप […]

मुटु रोगी बालबालिकाका लागि निःशुल्क उपचारको अवसर

मुटु रोगको उपचार महँगो हुने भएकाले धेरै बालबालिका उपचार नपाएरै जटिल अवस्थाबाट गुज्रन बाध्य हुने गर्छन्। यस्तो अवस्थामा, प्रतिष्ठानले प्रारम्भिक जाँचदेखि काठमाडौँसम्मको यातायात व्यवस्थासमेत सुनिश्चित गर्नु पीडित परिवारका लागि राहतपूर्ण पहल हुने विश्वास गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले १५ वर्षमुनिका मुटु रोगी बालबालिकाका लागि निःशुल्क उपचार सेवाको व्यवस्था गरेको छ। प्रतिष्ठानको बालरोग विभागअन्तर्गत […]

घरधनीहरुको दादागिरी र आंतक मौलाउँदै, राज्य नै निरीह बन्दा डेराबहाल चुपचाप सहन बाध्य!

घरधनीहरु मासिक लाखदेखि करोडसम्म भाडा उठाउँछन्। विडम्बना, राज्यले सुइँको राजस्व पाउँदैन। सरकार पनि घरधनीहरुको अगाडि निरीह बनेको छ। न घरधनीहरुको अत्याचार रोक्न सक्छ न घरबहाल कर उठाउन सक्छ। के साँच्चिकै सरकार घरधनीसँग डराएको हो? अहिले काठमाडौं उपत्यकामा डेरामा बस्नेहरुले एउटा कोठाको भाडा मासिक आठ हजारदेखि २० हजार रुपैयाँसम्म तिर्छन्। उपत्यका बाहिरी जिल्लामा पनि ठाउँअनुसार कोठा […]

ताजा समाचार