कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नाम्खामा गर्ने स्वास्थ्य शिविर तयारी पूरा

शिविरले नाम्खा गाउँपालिका लगायत आसपासका बासिन्दाहरूको स्वास्थ्य सुधारमा योगदान दिने उपाध्यक्ष लामाको विश्वास छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हुम्ला जिल्लाको दुर्गम क्षेत्र नाम्खामा आयोजना गर्ने दुईदिने स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ। शिविर कार्तिक २० र २१ गते नाम्खा गाउँपालिकासँगको साझेदारीमा याल्बाङमा बस्न लागेको हो। शिविरमा सबै रोगको विशेषज्ञ चिकित्सकहरूबाट चेकजाँच र उपचारको व्यवस्था […]
जुम्ला प्रहरीको कामप्रति समन्वय प्रमुख आचार्यको खरो टिप्पणी

उनले प्रहरीलाई लागेको गम्भीर आरोपबारे प्रहरी प्रशासनले कुनै सन्तोषजनक जवाफ दिन नसकेको दाबी पेस गरेका छन्। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सामाजिक सञ्जाल फेसबुकमा जुम्लाको सुरक्षा चुनौतीमाथि गम्भीर टिप्पणी गरेका छन्। आचार्यले जुम्लामा तस्करी, लागुऔषध र चोरीजस्ता गम्भीर अपराधहरूमा संलग्न अभियुक्तलाई पक्राउ गर्न नसक्ने प्रहरीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो फेसबुक स्टाटसमा, ‘जिल्लाको सुरक्षा […]



