मंगलवार, ३ असार, २०८२
सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

LIVE RADIO

 सेनाद्वारा बृहत् स्वास्थ्य शिविर सञ्चालन

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

जुम्ला । नेपाली सेनाद्वारा जुम्लाको कनकासुन्दरी गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिकले सेवा पाएका छन् । आर्थिक अभावले उपचार गराउन नसकेका स्थानीयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदा राहत पाएका छन् । 

 कनकासुन्दरी-६  गोरुचौर स्थित आधारभूत विद्यालयमा  सोमबार देवीदत्त गण जुम्लाको आयोजनामा सञ्चालितनिःशुल्क स्वास्थ्य शिविरबाट कनकासुन्दरीका ५५६ जना स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । 

विशेषगरी सिंजा क्षेत्रका तीन पालिका-कनकासुन्दरी, सिंजा र मुगु जिल्लाको खत्याड गाउँपालिकामा बसोबास गर्ने स्थानीय नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । जसमा  महिला ३ सय १९, पुरुष १ सय ८४ र  बालबालिका ५३ गरि जम्मा ५ सय ५६ जनाले सेवा लिएका छन् । गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन् । 

कुनै समय सेना प्रहरीको पोशाक देख्दा पनि डराउनु पर्ने भाग्नु पर्ने अवस्था थियो । स्थानीय प्रशान्त कामीले भन्नुभयाे, ‘अहिले सेना देश जनताको शान्ति सुरक्षा सँगै स्वास्थ्य सेवा लिएर घरमै आउन थाले । यो भन्दा खुसीको कुरा अरू के हुनसक्छ । आर्थिक नहुँदा उपचार नगराई बसेका गाउँमा धेरै छन् । निःशुल्क शिविरले त्यस्ता विपन्न नागरिकलाई ठुलो राहत मिलेको छ । नेपाली सेनाका नागरिक मैत्री गतिविधिले सेना र नागरिकबिचको सम्बन्ध पनि प्रगाढ हुँदै गएको अनुभूति हुन्छ ।’

स्वास्थ्य शिविरमा न-२४ गुल्मका डाक्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका जनरल फिजिसियन, स्त्रीरोग, दन्त रोग विशेषज्ञ सहितको मेडिकल टोली कनकासुन्दरी पुगेको थियो ।

 निस् शुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि कनकासुन्दरी गाउँपालिका र जनस्वास्थ्य सेवा केन्द्र जुम्लाको समेत समन्वय रहेको थियो ।

दुर्गमका नागरिकलाई सेवा दिने र सेना तथा नागरिक बीचको सम्बन्ध सुमधुर बनाउने लक्ष्यले स्वास्थ्य शिविरको आयोजना गरिएको देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले बताउनुभयो।

विभिन्न कारणले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई निस् शुल्क स्वास्थ्य शिविरले राहत दिलाउने गणपति थापाको अपेक्षा छ 

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार