‘हरितालिका’ शब्द दुई भागमा बनेको छ। हरित भनेको अपहरण गर्नु भन्ने अर्थमा र आलिका भनेको सखी अर्थात् साथी भन्ने अर्थमा बुझिन्छ। पौराणिक कथाअनुसार जब हिमालयराजले आफ्नो पुत्री पार्वतीको विवाह विष्णुसँग गर्ने सोच गर्नुभयो, त्यो कुरा पार्वतीलाई थाहा पाउँदा उहाँ अति दुःखी हुनुभयो।
हरितालिका तीज यो वर्ष मिति २०८२/०५/१० गते मंगलबार भाद्र शुक्ल तृतिया का दिन यसरी मनाउने गर्छन्, जो अहिले रीतिरिवाज अनुसार सबै फरक ढंगले मनाउने गर्दछन्। यसलाई यसरी वर्णन गर्न सकिन्छ। हरितालिका व्रत हिन्दू नारीहरूले अत्यन्त श्रद्धा र आस्थापूर्वक गर्ने एक महत्वपूर्ण व्रत हो। यो व्रत विशेषगरी भाद्र शुक्ल तृतीयाका दिन पर्छ र यसैलाई हरितालिका तीज पनि भनिन्छ।
‘हरितालिका’ शब्द दुई भागमा बनेको छ। हरित भनेको अपहरण गर्नु भन्ने अर्थमा र आलिका भनेको सखी अर्थात् साथी भन्ने अर्थमा बुझिन्छ। पौराणिक कथाअनुसार जब हिमालयराजले आफ्नो पुत्री पार्वतीको विवाह विष्णुसँग गर्ने सोच गर्नुभयो, त्यो कुरा पार्वतीलाई थाहा पाउँदा उहाँ अति दुःखी हुनुभयो।
उहाँको मनमा केवल शिवजीलाई पति बनाउने एकनिष्ठ संकल्प थियो। यसबेला पार्वतीका सखीहरूले उनलाई अपहरण गरेर घना वनमा लगे र त्यहाँ तपस्या गर्न बसालिदिए। यसरी साथीहरूले अपहरण गरेर तपस्यामा लगेको कारण यस व्रतको नाम ‘हरितालिका’ रहन गएको हो।
हरितालिका व्रतसँग जोडिएको कथा अत्यन्तै प्रेरणादायी छ। देवी पार्वतीले बाल्यकालदेखि नै भगवान् शिवलाई वरको रूपमा पाउन मनमा अटल सङ्कल्प गर्नुभएको थियो। तर हिमालयराजलाई यो कुरा थाहा थिएन। उनले वैकुण्ठपतिका रूपमा प्रसिद्ध भगवान् विष्णुसँग पार्वतीको विवाह गरिदिनु आफ्नो लागि गौरव हुने सोच गरे। कन्याको मन नबुझी गरिएको यो निर्णय पार्वतीलाई अस्वीकार्य भयो। उनी आफ्नो सखीहरूसँग कुरा गर्दा आफ्नो दुःख पोखिन्।
अन्ततः ती सखीहरूले उनलाई जंगलमा लगे र त्यहाँ उनले कठोर तपस्या आरम्भ गरिन्। दिनरात निराहार व्रत बसेर केवल शिवलाई सम्झेर तपस्या गर्ने पार्वतीको दृढ निश्चयलाई देखेर भगवान् शिव प्रसन्न भए र विवाह गर्ने वचन दिनुभयो। पछि शिव–पार्वतीको दिव्य मिलन भयो। यस घटनाबाट प्रेरित भई हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत बस्ने परम्परा सुरु भएको हो।
यस व्रतको महत्व अत्यन्त गहिरो छ। हिन्दू महिलाहरूले यसलाई अखण्ड सौभाग्यको प्रतीकका रूपमा लिन्छन्। विवाहित महिलाले आफ्नो पतिका दीर्घायु र दाम्पत्य सुख–समृद्धिको कामनाका लागि व्रत बस्छन् भने अविवाहित कन्याहरूले योग्य पति पाउने विश्वासका साथ यो व्रत गर्छन्।
हरितालिका व्रत बस्ने महिलाहरू दिनभर निराहार रहन्छन्, शिव–पार्वतीको पूजा गर्छन् र हरितालिका व्रतकथा श्रवण वा वाचन गर्छन्। यो व्रत केवल शारीरिक कष्ट सहन मात्र नभई मानसिक दृढता, आत्मसंयम र श्रद्धाको प्रतीक पनि हो। यस व्रतमा तपस्या र भक्ति मात्र नभई स्त्रीशक्तिको आत्मबल र दृढ संकल्पको प्रतिरूप देखिन्छ। पार्वतीजस्तै आफ्ना इच्छा र श्रद्धामा अडिग रही सत्यलाई प्राप्त गर्न सकिन्छ भन्ने सन्देश यस व्रतले दिन्छ।
हरितालिका व्रतको कथा केवल शिव–पार्वती मिलनको प्रसङ्ग मात्र होइन, यसले परिवारप्रतिको समर्पण, वैवाहिक निष्ठा र आध्यात्मिक साधनाको गहिरो अर्थ पनि प्रकट गर्छ। विवाहित नारीहरूले यस व्रतलाई आफ्नो वैवाहिक जीवन सुखी होस् भन्ने तर्फ केन्द्रित गर्छन् भने अविवाहित युवतीले पनि आफ्नो भविष्य सुरक्षित होस् भन्ने भावना राख्छन्।
समाजमा महिलाहरूको धर्मनिष्ठा, श्रद्धा र आत्मबललाई उजागर गर्ने यस पर्वले स्त्रीहरूको धार्मिक भूमिकालाई अझ गहिरो बनाइदिन्छ। विशेष गरी नेपालमा हरितालिका व्रतलाई ‘तीज’ नामले व्यापक रूपमा मनाइन्छ। तीजको अघिल्लो दिन दर खाने प्रथा हुन्छ जसमा दिदीबहिनीहरू भेला भई मीठा परिकार खान्छन्, गीत गाउँछन् र रमाइलो गर्छन्। त्यसपछि व्रतको दिन निराहार उपवास गरी भगवान् शिव–पार्वतीको आराधना गरिन्छ। भोलिपल्ट ऋषिपञ्चमी व्रत गरेर हरितालिका व्रतको पूजापाठ सम्पन्न हुन्छ।
धार्मिक दृष्टिले हेर्दा यो व्रतले श्रद्धालुलाई आत्मशुद्धि, धैर्य र निष्ठाको पाठ पढाउँछ। भौतिक सुखसुविधा वा बाह्य ऐश्वर्य भन्दा पनि भक्ति, संकल्प र निष्ठाले ईश्वर प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा पार्वतीको तपस्याबाट सिक्न सकिन्छ। समाजशास्त्रीय दृष्टिले हेर्दा यसले महिलाहरूलाई आफ्नो भूमिकाप्रति सजग गराउँछ र संस्कार, परम्परा र आस्थाको संरक्षणमा योगदान पुर्याउँछ। सांस्कृतिक दृष्टिले तीज पर्वले दिदीबहिनीबीचको आत्मीयता, पारिवारिक सम्बन्धको मजबुती र सामूहिक आनन्दलाई पनि प्रकट गर्छ।
यसरी हेर्दा हरितालिका व्रत केवल एक धार्मिक अनुष्ठान मात्र होइन, यो आस्था, श्रद्धा, आत्मबल र स्त्रीशक्तिको अद्भुत प्रतीक हो। पार्वतीले शिवलाई पाउन गरेका तपस्या जस्तै प्रत्येक नारीले आफ्नो जीवनमा धैर्य, समर्पण र सत्यप्रतिको आस्था राखे मात्र सफलता प्राप्त हुन्छ भन्ने शिक्षा यो व्रतले दिन्छ।
महिलाहरूको आध्यात्मिक विकास र सामाजिक भूमिकाको उजागर गर्न यस व्रतले महत्वपूर्ण योगदान दिएको छ। यसले विवाहित जीवनमा अखण्ड सौभाग्य, अविवाहित जीवनमा योग्य वर, समाजमा निष्ठा र धार्मिकता बढाउने शक्ति दिन्छ। त्यसैले हरितालिका व्रत केवल हिन्दू महिलाहरूको पर्व नभई सम्पूर्ण समाजलाई संयम, श्रद्धा र सत्यनिष्ठाको बाटो देखाउने मार्गदर्शक पर्व हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
तीज अर्थात् हरितालिकामा दीप–कलश–गणेश पूजनपूर्वक शिव–पार्वतीको एकसाथ पूजा गर्ने विधान छ। प्रतिष्ठित शिवलिङ्ग अथवा नवनिर्मित धातु, शिला आदिको वा बालुवाको शिवलिङ्ग तथा शिव–पार्वतीका प्रतिमा अथवा तस्बिर समेत राखी पूजा गर्न सकिन्छ। प्रतिमा अथवा शिवलिङ्ग नयाँ भए प्राणप्रतिष्ठा गरेर र नित्य पूजा गरिरहेको भए ध्यान गरेर पूजा आरम्भ गर्नुपर्दछ।
हरितालिकाको (तीजको) संक्षिप्त पूजा विधि
उमामहेश्वरको ध्यान गर्ने मन्त्र
मन्दारमाला–कुलितालकायै
कपाल–मालाङ्कितशेखराय।
दिव्याम्बरायै च दिगम्बराय
नमः शिवायै च नमः शिवाय।।
षोडषोपचार पूजा
ध्यानं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
आवाहनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
आसनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पाद्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
अर्घ्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
आचमनीयं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पञ्चामृतं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
शुद्धोदकं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
वस्त्रं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
यज्ञोपवीतं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
उपवस्त्रं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
वस्त्रयज्ञोपवीतान्ते आचमनीयं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
चन्दनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
श्वेताक्षताः समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पुष्पमालां समर्पयामि, उमामहेश्वराभ्यां नमः।
विल्वपत्राणि समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पार्वतीप्रीतये सौभाग्यद्रव्याणि सिन्दूरञ्च समर्पयामि, उमामहेश्वराभ्यां नमः।
अङ्गपूजा
ॐ शङ्कराय नमः, पादौ पूजयामि।
ॐ महेश्वराय नमः, जङ्घे पूजयामि।
ॐ शम्भवे नमः, जानुनी पूजयामि।
ॐ भूतेशाय नमः, उरू पूजयामि।
ॐ नीललोहिताय नमः, कटिं पूजयामि।
ॐ उग्राय नमः, नाभिं पूजयामि।
ॐ कृशानुरेतसे नमः, उदरं पूजयामि।
ॐ हराय नमः, स्तनौ पूजयामि।
ॐ नीलकण्ठाय नमः, कण्ठं पूजयामि।
ॐ शिवाय नमः, मुखं पूजयामि।
ॐ त्रिनेत्राय नमः, नेत्रे पूजयामि।
ॐ रुद्राय नमः, कर्णौ पूजयामि।
ॐ ललाटाक्षाय नमः, ललाटं पूजयामि।
ॐ शर्वाय नमः, शिरः पूजयामि।
ॐ शम्भवे नमः, सर्वाङ्गं पूजयामि।
नामपूजा
ॐ उमायै नमः। ॐ गौर्यै नमः।
ॐ पार्वत्यै नमः। ॐ जगद्धात्र्यै नमः।
ॐ जगत्प्रतिष्ठायै नमः। ॐ शान्तिरूपिण्यै नमः।
ॐ हराय नमः। ॐ महेश्वराय नमः।
ॐ शम्भवे नमः। ॐ शूलपाणये नमः।
ॐ पिनाकधृषे नमः। ॐ शिवाय नमः।
ॐ पशुपतये नमः। ॐ महादेवाय नमः।
यसपछि
धूपं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
दीपं दर्शयामि, उमामहेश्वराभ्यां नमः।
नैवेद्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
नैवेद्यान्ते आचमनीयं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
फलं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
ताम्बूलं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
दक्षिणाद्रव्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
आभूषणं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
नीराजनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
कर्पूरार्तिक्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पुष्पाञ्जलिं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
प्रदक्षिणां समर्पयामि, उमामहेश्वराभ्यां नमः।
नमस्कारान् समर्पयामि, उमामहेश्वराभ्यां नमः।
प्रार्थना समर्पयामि, उमामहेश्वराभ्यां नमः।
क्षमापनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
यति विधि गरेर भोलिपल्ट बिहान उत्तराङ्गपूजा गरी पूर्णपात्रदान गरेर व्रतपारणा गर्नुपर्दछ। यस क्रममा लोपामुद्रा र अगस्त्य ऋषिको पूजा गरी अर्घ्य दिएर उमामहेश्वरलाई पनि अर्घ्य दिनुपर्छ।
उमामहेश्वरलाई अर्घ्य दिने मन्त्र
श्रीपार्वती महाभागे शङ्करप्रियवादिनि।
अर्घ्यं गृहाण कल्याणि भर्त्रा सह पतिव्रते।।
श्री उमामहेश्वराभ्यां नमः अर्घ्यं निवेदयामि।
व्रतपारणा गर्ने मन्त्र
उपवासो व्रतं चैव दानं तीर्थं जपं तपः।
विप्रैः सम्भाषितं यद्यत्तत्सर्वं सफलं भवेत्।।