मंगलवार, ३ असार, २०८२

स्ववियु निर्वाचनमा असल नेतृत्व छानौं

धेरैले क्याम्पसमा राजनीति जरुरी छैन भन्छन्। तर जरुरी छ। किनभने क्याम्पसबाट असल नेतृत्व जन्मिन्छ।

धेरैले क्याम्पसमा राजनीति जरुरी छैन भन्छन्। तर जरुरी छ। किनभने क्याम्पसबाट असल नेतृत्व जन्मिन्छ।

“क्याम्पस एक नेता उत्पादन गर्ने थलो हो” भनिन्छ। यो एक हिसाबले सही छ।
तर मैले यसलाई फरक ढंगले बुझेको छु। क्याम्पसमा राजनीति गर्नुपर्छ।

तर केका लागि? के परिवर्तनका लागि? के स्वार्थका लागि? क्याम्पसको राजनीति उन्नति र प्रगतिका लागि हो।

यो शैक्षिक अवस्था सुधार्नका लागि हो। क्याम्पसको समृद्धिका लागि गर्नुपर्छ। क्याम्पसमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले राजनीति आवश्यक छ।

धेरैले क्याम्पसमा राजनीति जरुरी छैन भन्छन्। तर जरुरी छ। किनभने क्याम्पसबाट असल नेतृत्व जन्मिन्छ।

यस्ता उदाहरण धेरै छन्। कैयौं असल नेतृत्व जन्मिएका छन्। कैयौं क्षमतावान विद्यार्थीले अवसर पाएका छन्।

क्याम्पसमा राजनीति गर्नुहुन्न भन्ने भाष्य गलत छ। केही गलत नेतृत्वले क्याम्पसको राजनीतिलाई बिगारेको सत्य हो। यो सुधार्नुपर्छ।

आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।

सबै क्याम्पसमा निष्पक्ष निर्वाचन होस्। असल नेतृत्वले जितोस्। जुम्ला बहुमुखी क्याम्पसमा मैले पनि यो निर्वाचनमा भाग लिएको छु।

अखिल (क्रान्तिकारी) बाट समानुपातिकतर्फ बन्द सूचीको पहिलो नम्बरमा उम्मेदवारी दिएको छु। जयकृष्ण जैशीको प्यानलभित्रबाट मैले उम्मेदवारी दिएको हुँ।

जुम्ला बहुमुखी क्याम्पसमा अध्ययनरत सचेत विद्यार्थीहरूलाई अपिल गर्छु। क्याम्पसको शैक्षिक उन्नति र प्रगति चाहने सबैले अखिल क्रान्तिकारीलाई जिताउनुस्।

हामीलाई नेतृत्व गर्ने अवसर दिनुस्। जुम्ला बहुमुखी क्याम्पसको विकासका लागि धेरै योजना छन्।

स्ववियु निर्वाचन जितेमा थुप्रै काम गर्नेछु। हारे पनि क्याम्पसको शैक्षिक र भौतिक सुधारका लागि आवाज उठाउनेछु।

विद्यार्थीसँग समन्वय गरेर विकासमा अहम् भूमिका खेल्नेछु। क्याम्पसको विकास र शैक्षिक सुधारमा तपाईं-हाम्रो भूमिका महत्त्वपूर्ण छ।

तसर्थ, मलाई र अखिल क्रान्तिकारीलाई विजयी बनाउनुस्। जुम्ला बहुमुखी क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीहरूसँग यो अनुरोध गर्छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार