यति महत्त्वपूर्ण उत्सवको आयोजना गर्ने आयोजकलाई धन्यवाद छ। अर्कातिर कर्णालीको खिल्ली उडाउने, कर्णालीको भाषा संस्कृति सभ्यता र सम्पदामाथी बेइज्जत गर्ने, गर्न खोज्ने तत्व र पक्षलाई टाढै राखौँ र त्यस्ता तत्व र पक्षलाई जिम्मेवार र कर्तव्य निष्ठतामा रहने सवक पनि सिकाउँ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशको आयोजना एवम् भूमि समस्या समाधान आयाेगकाे संयोजनमा कर्णाली प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमको उद्घाटन देखि बृहद कार्यक्रम विरेन्द्रनगर सुर्खेतमा गत फागुन ५ गतेदेखि शुरु भइ ७ गते सम्पन्न हुन गयो। आयोजक र संयोजन कर्ता एवं प्रत्यक्ष उपस्थित भई भाग लिन सुर्खेत भेला हुनु भएका सबै महानुभावमा हार्दिक बधाई तथा शुभकामना।
“यहि फागुन ५ देखि ७ गते सम्म सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलको आँगनमा आयोजना हुने कर्णाली उत्सव: कुडा कर्नालीका छैटौं संस्करणको सफलताको शुभकामना! भन्दै जुम्लाकी माननीय सांसद कान्तिका सेजुवालले पोष्ट गरेको शुभकामना स्टाटसमा मेरा आँखा अडिए।
यसैगरी “कुडा कर्णालीका मान्छे काठमाडौंका” भन्दै कालिकोटका नन्दकेश अधिकारीले फेसबुकमा स्टाटस लेखेको देखेँ।
स्टाटसबारे माननीय सेजुवाल ज्यूकोमा ३४ जनाले बधाई तथा शुभकामना दिएका रहेछन् , मैले पनि माननीय ज्यूको पोष्टलाई बधाई तथा शुभकामना दिएँ।
कालिकोटका नन्दकेशले लेखेको स्टाटसमा प्रभा गिरीले, “कर्णालीको भाषा जान्नाईन् कुणा क्या जान्नाहुन् धेग्या भनी खस भाषामा यस्तो प्रतिकृया लेखेकी रहिछन्।”
खस भाषामा नबिगारी कमेन्ट लेखेकोमा धेरै खुुसि भएँ। तर उनको कमेन्ट भित्रको मुख्य विषयको जवाफ मैले दिइनँ, यसको जवाफ आयोजक, मुख्य अथिति र विषयसँग सम्बन्धित सरोकार वाला निकायले जवाफ दिँदा सान्दर्भिक हुने मलाई लाग्यो।
नन्दकेश जीले लेखेको स्टाटसको एकजनाले यस्तो कमेन्ट लेखेको पाएँ, “स्थानीय स्तरमा रहेका कला सँस्कृति प्रतिभालाई बन्देज लगाइएको छ। कुरा कर्णालीका भनिएको छ, मान्छे काठमाडौंका रुपियाँ पैसा कर्णालीका कार्यक्रम बनेको हो। नयाँ तथा गाँउ वस्तिमा लुकेको प्रतिभालाई झन लुकाउन खोजेको सन्देस दिन्छ यो कार्यक्रमले।”
यसको जवाफ पनि आयोजक र सम्बन्धित सरोकारवालाले दिन सान्दर्भिक देखेकोले म चुपनै रहेँ।
सामाजिक सञ्जाल फेसबुक हेर्दै जाँदा डा. पदमलाल देवकोटाले बोलेको कुराको भिडियो हेर्ने मौका मिल्यो। उक्त भिडियोलाई सभाहलमा बस्ने सम्पूर्ण मानिस लगायत लाइफ हेर्ने सबैले एकनास हेरिरहेका थिए। डा. पदमलाल देवकोटाले कर्णाली नदीको बारेमा यस्तो कुरा व्यक्त गरिरहेका थिए।
“कर्णाली नदी माथि देखि तलसम्म कुनै तिर्थस्थल छैन यो अपवित्र छ त्यसैले सुर्खेतका मान्छे कर्णाली नदीमा लासहरु लिदैनन् कर्णाली नदीको जल यज्ञमा पवित्र हुँदैन।”
यीनका बिचारलाई विभिन्न मानिसले यसरी कमेन्ट लेखेको पाएँ- अब अपवित्र नदीकाे नामाकरण दिएर यी विज्ञ मिसिएका रहेछन्। पहिला अनुसन्धान र खाेज गर अनि वाेला पी एच डी धारी हाे। अनि कुडा कर्णालीले अब कर्णाली नजाेडी अर्कै नाम दिनु पर्यो। किनकि कर्णाली भनेकै अपवित्रसँग सम्बन्ध रहेछ। हैन भने कुडा कर्णालीले नै खन्डन गर्नु पर्छ।
यदि यसाे हाे भने खस सभ्यता र कर्णाली नदी बीचकाे सम्बन्ध भनेकाे सभ्यताकाे विकास सँगै भएकाे छ। मर्यादा माथि यस्ताे टिप्पणी राम्राे हुन्न आयाेजकले भन्न पर्यो हजुर।
मुगुका कृष्णबहादुर सेजुवालले यस्तो प्रतिकृया लेखे, “यी बुढा कसरी प्रा डा. भए/ बने मलाई थाहा छैन । मैले सार संक्षेपमा लेखेँ पढ्नुहाेला।
“१. मुगु कर्णालीमा छायानाथ ऋणिमाेक्ष तिहार बगड गडुल नुहाउने खेष्मालिका आदि पवित्र भूमीकाे पानी काँहा मिसिन्छ?
२. हुम्ला कर्णाली मानसराेवर खार्पुनाथ रेलिङगुम्बा खाेचेरा दाेमुखा आदि कहाँ मिसिन्छ ?
३. तिला कर्णाली दान साँघु याेगी नरहरी नाथले काेटीहाेम लाएकाे चन्दननाथ कनकासुन्दरी ठाकुरज्यू खुलालु लाली तिर्थ याेगी तपश्वी नरहरीनाथकाे राष्ट्रगुरू भएका नदी कहाँ मिसिन्छ?
४. दैलेखमा काेटीला, श्रीषस्थान, नाभिस्थान धुलेश्वर, पादुकास्थान, जगन्नाथ, महाबुकाे पानी कहाँ मिसिन्छन् याे पनि अध्ययन गर्नु पर्यो।
काँशीमा पिण्डदान गर्दा छाँयाँनाथ पिण्ड दिएकाे छकि छैन भनेर साेध्छन्, नगएकाे छ भने पहिला छायानाथकाे पिण्डदान दिएर मात्र काशीकाे पिण्डदान हुन्छ। कसरी अपवित्र बुझ्नुहाेस्? भनी आवेग व्यक्त गरि लेख्या देख्याँ धेउक्या।”
रमेश सी विक्रान्त भन्छन्, “हालै प्रा.डा. पदमलाल देवकोटाले ‘कर्णाली नदी’ अपवित्र हो भनि दिएको बिचार बारे, “धारणात्मक प्रतिक्रिया- प्रकृति आफैमा पवित्र- अपवित्र भन्ने हुँदैन त्यो मान्छेले बनाउछन्। जसरी ईस्वर- भगवान् बनाउँछन् र त्योद्वारा शासित हुन्छन्। साथै, प्राकृतिक प्रतिकूलता अनुकूल बनाउने मानवीय प्रयास निरन्तर जारी छ र राख्नुपर्छ।”
उनले कर्णाली अपवित्र हो भन्नलाई संस्कृत साहित्यको सहारा लिएका छन्। जुन साहित्यमा दलित- महिला बारे लेखिएका कुरा के उनले अहिले मान्छन्? दलितले वेद- पढाई गरे कानमा फलाम पगाली हाल्नु पनि भनेको छ। के उनले यसलाई समर्थन् गर्छन्। कर्णाली अपवित्र हो, को सापेक्षता के हो? यो लेखेको कुन सन्दर्भमा कुन प्रयोजनमा कसले के कारण किन कसको लागि लेख्यो बुझेर भन्नुपर्छ नि। जसरी देवताको कोणबाट दानव नकारात्मक हुन्छन् ठिक त्यसरी दानवको कोणबाट देवता नकारात्मक हुन्छन्।
उनले कुरामा गम्भिर कुरा उठाएका छन्। एसको जवाफ पनि आयोजकले दिनु पर्नेछ।
प्रा. डा. पदमलाल देवकोटा पुराना बौद्धिक हुन्। उनको यो नयाँ न्यारेटिभ स्थापित गर्ने र चर्चामा आउने मेसो पनि हुनसक्ला। जे भए पनि अन्त्यमा उनलाई कर्णालीको यार्चा-मार्सी पवित्र-अपवित्र के लाग्छन् कुन्नि? जस्ता कुरा कमेन्ट लक्ष्मी निर्माण सेवाले यस्तो कमेन्ट लेखेका छन्, “कर्णाली नदीलाई चाहिँ अपवित्र भन्ने त्यत्रो कर्णालीमा छाँयाँनाथ चन्दनाथ भैरवनाथ देवस्थल भएको ठाउँमा चाहिँ कसरी हुन्छ?”
अमरकृष्ण दाश लेख्छन्, “प्रकृति पवित्र र अपवित्र हुँदैन।”
सगरा धाममा लुम्बिनी लेख्दछन्, “सर्बु नदीकाे किनारमा अयाेध्या जस्तो तिर्थ स्थल अवस्थित छ। कर्णाली नदीनै भारतमा गएर घाग्रा नदी र सर्बु नदी हुन्छ। अयाैध्या के हाे त?”
यी सबै मानिसहरूले लेखेको भनाईको जवाफ पदमलाल देवकोटाले दिनु पर्ने भयो। धान्नाको टाउको हल्लाउन सकिन्छ तोलाको जिब्रो चलाउन स्हः( स ) किदैन भन्थे हो रहेछ।
देवकोटाले आफ्नो बिचार राखे। हामीले उनलाई आवेगमा आई गाली गर्नु भन्दातर्कले खण्डन गर्नु उपयुक्त लाग्यो।
कर्णाली नदीबारेमा तर्क दिनसक्ने ईतिहासकार र सुँस्कृतिविद् नरहरीनाथ योगी र जुम्लाका प्राज्ञ रत्नाकर देवकोटा हुन् तर यी दुवै स्वर्गवासी भैसके। स्वर्गबासी भए पनि यी दुइका कृतिमा कहिँकतै यथार्थ कुरा लेखेका छन् कि खोजेर चित्तबुझ्दो तर्क दिनु पर्ने भयो।
डा. जिवेन्द्र देव गिरी, दैलेखका अहिलेका प्राज्ञ मधुसुधन गिरी, डा. हरीप्रसाद तिमील्सिना लगायत देशभरीका विद्वानहरूले पदमलाल देवकोटाले भनेको कुराको जवाफ दिनुपर्ने देखियो।
बाबा त्यात्त्तयार आमा घिडीघिडी भनेझैँ यो कुराको खण्डन गर्न नसके पदमलाल देवकोटा बास्शेश्वर( ठुलै मान्ठ) बन्ने भए। दमलाल देवकोटा उपर बलले हैन बुद्विले सिँगौँरी खेल्ने र जुध्ने बेला आयो।
पदमलाल देवकोटा बाहेक कालीकोटका नन्दकेश अधिकारीले “कुडा कर्णालीका मान्छे काठमाडौंका!” भनेर स्टाटस लेखेका छन् यो कुरा पनि साँच्चै हो कि झुटो हो भनि छानबिन गर्नु पर्ने देखियो। यीनका अनुसार कुडा कर्णालीका गर्ने तर यो विषयमा कुडा गर्ने मान्ठ काठमाडौबाट आउने भए भनि व्यङ्ग्य गरेको देखिन्छ।
यसैगरी प्रभा गिरीले खस भाषामा यस्तो लेखेकि छन्- “कर्णालीको भाषा जान्नाईन् कुणा क्या जान्ना हुन् धेग्या” भनि नन्दकेशलाई इङ्गित गर्दै लेखेकी छन्। उनको यो भनाईमा पनि पेचिलो कुडो छ। अर्थात खस भाषामै कुडा गर्न नजान्नेहरूले कर्णालीको भाषा साहित्य कला संगित संस्कृति र सामाजिक जनजीवनबारे क्यापो बोल्नान्। कसले बोल्नान् भनेर लेखेकी हुनाले यो महोसवमा यो कुडाको पनि जवाफ आयोकी आएन।
नआएको भए अर्को साल भए पनि सब मानिस जम्मा भएको बेलामा यसको जवाफ दिनु पर्ने देखियो।
यसबाहेक महोत्सवमा दुई पूर्व मूख्यमन्त्री नेपाली काँग्रेसका जीवनबहादुर शाही र रुकुमका राजकुमार शर्माका बिचार र अनुभव सुन्न पाइयो। काठमाडौंमा पानी पर्दा सुर्खेतमा चुहिने छाता ओढ्नुपर्ने यस प्रकारको प्रदेश सरकारले चुनौति भोग्नु परेको पीडाले मन छोयो।
यसैगरी गिनिज बुकमा नाम लेखाउन सफल धावक हरि बहादुर रोकायाले सरकारले खेलाडीहरुलाई लगानी गर्न सके देशको इज्जत खेलाडीले राख्न सक्ने बताए। यसैगरी खन्टे खलास, जुम्लाका गरीकुराका टिकटक कमेडियन, गायिका कलाकार इव्सल सञ्ज्याल, हुम्लाका देउडा गायक नबराज भण्डारीको उपस्थितिले कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको पाइयो।
यसैगरी सुर्खेतकी विदेश स्थित नेपाल बायुसेवा निगमकी चालिकाले आफ्नो मीठो जीवनको कथा सुनाइन्।
यसैगरी पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही(नेपाली कांग्रेस र अर्का मुख्यमन्त्री श्री राजकुमार शर्मा (नेकपा माओवादी एकता केन्द्र) ज्यूले संघीयता, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार, यिनको शक्ति र भूमिका, संघिय सरकारको प्रदेश सरकारप्रतिको दृष्टिकोणलाई हेर्दा सिंहदरबार पानी आउँदा प्रदेश सरकारले प्रदेशमै रहेर चुहिने छाता ओढ्नुपर्ने अवस्था छ।
कतै संघीय सरकारको प्रदेश सरकार भजन मण्डली त होइन भन्ने भनाईले जनता अझै निरास रहेका र अझै कहिलेसम्म अधिकारको खोजी गर्नुपर्ने हो भनाईले जनता अझै अलमलमा रहेको बोध भयो।
जरुरी काम परेको हुनाले म कुडा कर्णालीका महोत्सवमा जान पाइनँ। यति ठूलो महत्त्वपूर्ण ऐतिहासिक जमघट र छलफलमा उपस्थित हुन नपाउँदा दु:ख लागेको छ। जे भएपनि सबै विज्ञ एवं राजनितीज्ञ, साहित्यकार कलाका पत्रकार सामाजिक अभियन्ता, बरिष्खेलाडी पाइलट ईन्जिनियर वकिल प्राध्यापक, उध्योगी व्यापारी, समाजसेवी एवं सकेसम्मका भद्रभलादमी र सर्वसाधारण नागरिक भेला भएर व्यापक छलफलबाट निस्केका समस्या र समाधानले कर्णाली साविक कर्णाली मात्र नभएर कर्णाली प्रदेशकै भावी नीति र कार्यक्रम बनाउन सहज हुनेछ, आम मानिसका भावनाको कदर हुनेछ।
कर्णाली प्रदेशले राज्यबाट पाउने सेवा सुविधाबाट बिमुख हुन नपरोस। राज्यको सेवा र सुविधा एवं लाभ लिने कुराका सबैको पहुँच पुगोस् भन्दै राज्य देश र सरकारलाई आआफ्नो कर्तव्य र जिम्मेवारीभित्र बसि ईमान्दारीसाथ सेवाभावमा समर्पित हौँ भन्ने कामना पनि गर्दछु।
यति महत्त्वपूर्ण उत्सवको आयोजना गर्ने आयोजकलाई धन्यवाद छ। अर्कातिर कर्णालीको खिल्ली उडाउने, कर्णालीको भाषा संस्कृति सभ्यता र सम्पदामाथी बेइज्जत गर्ने, गर्न खोज्ने तत्व र पक्षलाई टाढै राखौँ र त्यस्ता तत्व र पक्षलाई जिम्मेवार र कर्तव्य निष्ठतामा रहने सवक पनि सिकाउँ।
केवल बजेट सक्ने, उठेका समस्याको समाधान/ निर्क्यौल नहुने, कामको बाँझो मात्रै हुने, कसैका फोगटका कुरा मात्रै सुन्नु मात्रै पर्ने होभने यो तरिकाको यस्तो महोत्सव/ उपस्थिति हुनुभन्दा नभएकै राम्रो। कर्णाली- बासी र कर्णाली प्रदेशको तर्फबाट स्वदेश तथा विदेशमा बस्ने सबैमा हार्दिक नमन।
मिति : २०८१/११/८
(चन्दननाथ नगरपालिका-१ जुम्लाका लेखक हाल खलंगा प्यूठानमा सरकारी वकिलको रुपमा कार्यरत हुनुहुन्छ।)
















