विश्वभर सडकमा हुने मृत्युमा ९२ प्रतिशत कम र मध्यम आय भएका देशहरू पर्छन्। यीनै देशहरूमा विश्वका ६० प्रतिशत सवारी साधन छन्।
विश्वव्यापी रुपमा प्रत्येक वर्ष सडक दुर्घटनाका कारण करिब १.१९ लाख मानिसको मृत्यु हुन्छ। ५-२९ वर्ष उमेर समूहका बालबालिका र युवा वयस्कहरूको लागि मृत्युको प्रमुख कारण सडक दुर्घटना हो। विश्वभर सडकमा हुने मृत्युमा ९२ प्रतिशत कम र मध्यम आय भएका देशहरू पर्छन्। यीनै देशहरूमा विश्वका ६० प्रतिशत सवारी साधन छन्। सडक दुर्घटनामा हुने मृत्युमध्ये आधाभन्दा बढी पैदलयात्री, साइकल चालक र मोटरसाइकल चालकहरू लगायत जोखिममा रहेका सडक प्रयोगकर्ताहरू हुन।
सडक दुर्घटनाहरूले अधिकांश देशको कुल गाह्रस्थ उत्पादनको तीन प्रतिशत खर्च गर्छन्। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०३० सम्ममा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको विश्वव्यापी संख्या आधा घटाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। सडक दुर्घटनाका चोटहरूले व्यक्ति, तिनीहरूको परिवार र सम्पूर्ण राष्ट्रहरूलाई पर्याप्त आर्थिक क्षति पुर्याउँछ।
नेपालमा हुने सडक दुर्घटना वा दुर्घटनामा ज्यान गुमाउने वा घाइते हुनेमध्ये ६८ प्रतिशत मोटरसाइकल दुर्घटना रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ। नेपालमा प्रति एक लाख जनसंख्यामा सडक दुर्घटनाका कारण औसतमा १४ जनाको मृत्यु हुने गरेको छ। महिलाको तुलनामा धेरै पुरुष (प्रति पुरुष एक लाखमा ११ जना) (प्रति महिला एक लाखमा तीन जना) सडक दुर्घटनामा परेका चोटहरूका कारण मर्छन्। राष्ट्रिय योजना आयोगले नेपालमा सडक दुर्घटना मृत्युदर प्रति एक लाख जनसंख्यामा १५.९ जनाको हुने अनुमान गरेको छ।
त्यस्तै, विगत पाँच वर्षमा (२०१९/२० देखि २०२३/२४ सम्म) सडक दुर्घटनामा परि १२ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ भने २९ हजार ७२९ जना गम्भीर घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०१९/२० मा दुई हजार पाँच सय ४० जनाको मृत्यु भएको छ। त्यस्तै २०२०/२१ मा २,२ सय ५१ जना, २०२१/२२ मा २५ सय जना २०२२/२३ मा २८ सय ८३ जना र २०२३/२४ मा २३ सय ६८ जनाको मृत्युु भएको तथ्यांक छ। त्यसैगरी आर्थिक वर्ष २०१९/२० मा ५ हजार ६ सय ४६ जना गम्भीर घाइते भएका थिए। त्यस्तै २०२०/२१ मा ४ हजार ६ सय १५ जना, १०२१/२२ मा छ हजार चार उस ४८ जना, २०२२/२३ मा सात हजार दुई सय ८२ जना र २०२३/२४ मा पाँच हजार सात सय ३८ जना गम्भीर घाइते भएका थिए।
नेपालमा सडकको खराब अवस्था र सवारी साधनको लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको छ। सबै प्राकृतिक प्रकोपको तुलनामा राजमार्गमा हुने दुर्घटनाले हरेक वर्ष बढी नेपालीको ज्यान लिन्छ। नेपालको चुनौतीपूर्ण स्थलाकृतिले बलियो सडक पूर्वाधारको विकासमा लामो समयदेखि बाधा पुर्याएको छ। धेरै सडकहरू, विशेष गरी ग्रामीण क्षेत्रहरूमा, साँघुरो, कमजोर मर्मतसम्भार र पहिरोको जोखिममा छन्। काठमाडौं जस्ता सहरी केन्द्रहरूमा पनि, सडकहरू प्राय: जाम हुन्छन् र उचित संकेत र ट्राफिक व्यवस्थापन प्रणालीको अभाव छ।
नेपालमा सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही, अनुभवहीनता, कामको बोझ, मधिरा तथा लागुऔषधको प्रयोग र तीव्र गति रहेको छ। विचलित भएर सवारी साधन चलाउनु र ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको दर बढी रहेको प्रहरीको अध्ययनमा उल्लेख छ। एउटै चालकले लामो समयसम्म सवारी चलाउँदा थकाइ लाग्ने र समयमा गन्तव्यमा पुग्ने दबाबले दुर्घटनाको जोखिम बढाउँछ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार चालकले मदिरा र लागू पदार्थ सेवन गर्दा निर्णय गर्ने क्षमता र समन्वय कम हुँदा दुर्घटनाको सम्भावना बढ्छ।
सडक दुर्घटनामा हुने मृत्युमध्ये ९० प्रतिशतभन्दा बढी कम र मध्यम आय भएका देशहरूमा हुने गर्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार सडक दुर्घटनाबाट हुने मृत्युदर अफ्रिकी क्षेत्रमा सबैभन्दा बढी र युरोपेली क्षेत्रमा सबैभन्दा कम छ। उच्च आय भएका देशहरूमा पनि कम सामाजिक, आर्थिक पृष्ठभूमिका मानिसहरू सडक दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ। सडक दुर्घटनाबाट लागेका चोटहरूमा ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका र युवा वयस्कहरूको लागि मृत्युको प्रमुख कारण हो। सडक दुर्घटनामा हुने मृत्युमध्ये दुई तिहाइ कामदार उमेर (१८-५९ वर्ष) को बीचमा हुने गर्दछ। सडक दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्यु हुने सम्भावना ३ गुणा बढी हुन्छ।
मानवीय त्रुटिका कारण सडक दुर्घटना बढि हुन्छन्। लागु पदार्थ सेवन गरेर सवारी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, बच्चाहरु बढी राख्ने, गाडीमा सिट बेल्ट नलगाउने जस्ता मानवीय त्रुटि बढी देखिन्छन्। त्यस्तै असुरक्षित सडक पूर्वाधार, असुरक्षित सवारी साधन, दुर्घटना पछि अपर्याप्त हेरचाह, ट्राफिक कानुनको अपर्याप्त कार्यान्वयनले पनि सडक दुर्घटना भइरहेका छन् र जोखिम बढिरहेका छन्।
सडक दुर्घटना कम गर्नका लागि सवारी चालकहरुले अपनाउनु पर्ने नियम जस्ताको तस्तै पालना गर्नुपर्छ। हालसम्म ती नीयमहरु पालना नगरेका कारण समस्या निम्तिरहेका छन्। तसर्थ, चालक सचेत हुन जरुरी छ। त्यस्तै सडक नागरिकहरुले अपनाउनुपर्ने नियम पनि अक्षरस पालना गर्नुपर्छ। नागरिकमा पर्याप्त चेतनाको अभाव अर्को समस्या हो। त्यसैले सरकार तथा ट्राफिक प्रहरी कार्यालयले त्यतातिर पनि सोच्न जरुरी छ।
अन्त्यमा, नेपालमा प्रशस्तै ट्राफिक नाराहरू छन्। जस्तै: ‘मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं। तिव्र गति जिवन क्षति। सडक नियमकोमा ट्राफिक पालना गरौं। हतार गरी सवारी साधन कहिल्यै नचलाऔं र हतारमा सडक पार समेत नगरौं’ आदि। माथिका सबै विषयमा सबै तवरबाट गम्भीर हुन सके नेपाल जस्तो कमजोर आय भएको देशमा सडक दुर्घटना कम गर्न सकिन्छ। अन्यथा हरेक वर्ष हजारौं परिवार सोक छाइरहनेछ।