बिहीबार, १९ चैत्र, २०८२

सुख्खा पहिरोबाट पीडित परिवारलाई ५० हजार राहत दिने हिमा गाउँपालिकाको निर्णय

जुम्लाको हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा गएको सुख्खा पहिरोबाट प्रभावित परिवारलाई पालिकाले प्रारम्भिक राहतस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

चैत १७ गते दिउँसो करिब १२–१ बजेतिर गाउँ माथिबाट खसेको ढुंगासहितको पहिरोले स्थानीय ललित जंग अधिकारीको माटोको घर पूर्ण रूपमा नष्ट गरेको छ भने अर्को घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। साथै बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको छ।

पहिरोका कारण अन्नपात, लत्ताकपडा र घरायसी सामग्री पूर्ण रूपमा नष्ट हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। दिनको समयमा घटना भएकाले मानवीय क्षति भने टरेको छ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीको नेतृत्वमा बसेको भर्चुअल बैठकले नगद राहतसहित आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।

प्रभावित परिवार हाल छिमेकीकहाँ आश्रय लिएर बसेका छन्। स्थानीयले दीर्घकालीन पुनःस्थापनाका लागि थप सहयोगको माग गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार