मंगलवार, १७ चैत्र, २०८२

प्रधानमन्त्री भेटेर ज्ञानेन्द्र शाहीले सुझाए जुम्ला विकासका उपाय

बालेन्द्र शाह र ज्ञानेन्द्र शाही बीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ।

भेटमा कर्णाली प्रदेशको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य सुधार, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको उपयोगबारे विस्तृत छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहले कर्णालीको दीगो तथा समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

सो अवसरमा कर्णालीबाट निर्वाचित सांसदहरूले क्षेत्रीय आवश्यकता, समस्या र प्राथमिकताबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।

नेता शाहीले कर्णालीलाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन केन्द्रको विशेष ध्यान आवश्यक रहेको औंल्याउँदै योजनाहरू प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

उक्त भेटलाई कर्णाली विकासका लागि सकारात्मक पहलका रूपमा हेरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार