महलमा बस्नेलाई के थाहा
झुपडीको बसाइ कस्तो हुन्छ भनेर,
सुख पाउनेलाई के थाहा
दुःख पाएको जिन्दगी कस्तो हुन्छ भनेर
हाँस्नेलाई के थाहा
रोदनको पीडा कस्तो हुन्छ भनेर
महलको माया साट्नेलाई के थाहा
झुपडीमा पनि माया साटिन्छ भनेर
वास्तविकता नबुझ्नेलाई के थाहा
वास्तविकता के हो भनेर
वनावटी मायामा रम्नेलाई के थाहा
वास्तविकताको माया कस्तो हुन्छ भनेर।
जुम्लामा १०१ वर्ष प्यारो बुढी आमासँग पहिलो पटक भेटेको तस्बिरको एक झलक। मानिस ठुलो दिलले हुन्छ धन सम्पत्तिले होइन। यो कविताको मुख्य भाव मुस्कुराइरहनु भएका प्यारो वृद्ध आमालाई सङ्केत गरेको छु।