आईतवार, ७ पुष, २०८१

कविता – कर्नाली र सिंहदरबार

काँत्तिबाट सुरु गरुँ म ?
जत्ती लेख्या पुनि जत्ती भुन्या पुनि
मेरो करनालीको सोझो आवाज दबिदो छ
उठ्नै नसक्न्या गरिकन

मेरो करनाली हेपियाको शताब्दी भइगयो
मेरो करनाली चेपियाको शताब्दी भइगयो
मेरो करनाली डाको छोडीकन रुन पायाको नाई
मेरो करनालीले करनाली हुन पायाको नाइ
उज्यालो करनाली अँध्यारो भयाको छ

पर..न तुम्मो सिंहदरबार भाषण गद्दो छ
सपना बाँड्डो छ
आस देखाउँदो छ
करनालीकन जीउँदै माद्दो छ
त्यो सिंहदरबार आफूकन भमरा हुँ भुन्नो छ
करनालीकन फूल भुन्नै चुसिरहन्छ
त्यो सिंहदरबार काँडा भयाको भमरा हो
करनालीकन घोचिरन्छ, मारिरहन्छ

मेरो करनालीसँग डर मान्नैन सिंहदरबार
उसले बिर्स्याको छ सिंहदरबार डुबाउन्या रारा बिर्स्याको छ
सिंहदरबार बगाउन्या करनालीकनै बिर्स्याको छ
सिंहदरबार चिस्याउन्या काञ्जिरोवा बिर्स्याको छ

सिंहदरबारले खुट्टा टेक्याको
भुइँ बिर्स्याको छ
सिंहदरबारले बरु बिर्स्याको नाई
भुइँमुनि टेकिकन आकाश उड्या जइत्थै गर्न्याकन

करनालीमाथि क्रूर व्यवहार गरिकन
सिंहदरबार खित्ता छोडिकन हाँस्दो छ
एकै गाँसमा लाजकन पचाउँदो छ
त्यो सिंहदरबारकन लाज पचाउन्या
भोक लाग्याको छ
करनालीको रसिलो रस चुसिकन
करनालीको फक्रँदै गर्‍याको कोपिला चुडिकन
अघाएको नाइ सिंहदरबार

करनालीकन दबाउन्या चलखेलमा
अझै पछि हट्याको नाई सिंहदरबार
खेल खेलिरहँदो छ
करनालीकन उठ्न नदिन
करनालीकन जुट्न नदिन

करनालीको भेलकन क्यान कमजोर
मान्दो छ सिंहदरबार
फोक्सुण्डोको गहिरो दहसँग
क्यान डर मान्नैन सिंहदरबार ?
हुम्लाको चिसोको खिल्ली उडाउदोछ सिंहदरबार
राराको नाम बेचिकन गौरव गद्दोछ सिंहदरबार
भाषाको जन्मोथलोकन आगो लगाउँदोछ सिंहदरबार
तुम्मो सिंहदरबारले खुब न्याय गर्‍याको छ करनालीकन ?

सिंहदरबार करनालीकन हेपेर खुब
सिलङ्गीको रुखजो बड्याको सोइतो हो।
तर, सिंहदरबारले थाहा पायाको नाई
करनालीकन हेप्नु भन्याको
करनालीकन चेप्नु भन्याको
आफ्नो खुट्टाउदो आफैं बुन्चरो हान्या जइत्थै हो

ओ…! सिंहदरबार म करनाली हुँ
चिनिराखेई म फेरि मेरो नाउ भुन्याछु
म करनाली हुँ !
घर एउटै बाबा एउटै आमा दुईजुनी
भया जइत्थै गरिकन
त्यो मुलुक चलाउन्या सिंहदरबार
म करनालीकन क्यान सौता मा..को
छोरा जइत्थै गद्दो छै ?
म कन आज जवाफ भुन्नै पड्द्दोछ सिंहदरबार ?

मेरा करनालीका मान्ठहरुले
देश गइकन थाप्लौँदो पहाड जत्तै
भारी बोकिकन काम गर्‍याको, दु:ख गर्‍याको
सिंहदरबारका आँखाले कैले देख्या छुन कि नाइ ?

ओ.. सिंहदरबार
करनालीका मान्ठले
रगत पसिना बगायाको र करनालीका
मान्ठले पसिना बगायाको सुगन्ध
तेरा नाकौंदो आउँदो छ कि नाइ ?
पसिनाको सुगन्ध थाहा नपाउन्या भयापछि
करनालीपुनी मेरो अंश हो
भुनिकन क्यान भुन्नो छै ?

आफ्नो हडौँदो चोट लाग्या पुनि
थाहा नपाउन्या वास्ता नगर्न्या
तो क्या को ? बुद्धिमानी होलैर सिंहदरबार ?
भैगो तोइले भक्ति ठूला कुडा नगर्‍या हुन्छ ।

मेरो करनालीले तिरो तिर्‍यापछि
तो सिंहदरबार शासन गद्दो छै
करनालीमाथि !
मेरो करनाली तो सिंहदरबारकन आशिर्वाद दिदोछ
तो सिंहदरबार करनालीकन सराप्दो छै
ठूला भाषण गरिकन सिंहदरबारको रोस्ट्रमबाट ।

तो सिंहदरबार करनालीकन दूर देख्दो छै
मेरो करनाली तो सिंहदरबारकन दूर देख्दो छ
तो सिंहदरबार आफूकन समृद्ध हुँ भन्दो छै
यत्ती बुझेइ तोइले बोल्न्या भाषा
मेरै करनालीमा जन्म्याको हो ।

यो भुन्दा अब तोसँग बोल्न्या शब्द क्या छ ?
अझै पुनि ढिपी गरिकन भुनिल्लो छै तो ..
‘घरघरमा सिंहदरबार’
‘समृद्ध नेपाल, सुखी नेपाल’
‘सामाजिक न्याय, समानता र समृद्धि’
‘लोकतन्त्र शान्ति र समृद्धि’

तेरा नारा गल्ली गल्लिउँदो टाँसिकन
मेरो करनाली समृद्ध र सुखी हुन्या केईनाई

ओ…. सिंहदरबार
करनालीकन विकट भुन्नो छै
मेरो कर्नाली तो सिंहदरबारकन
सास नभयाको मान्ठ
बत्ती नभयाको कोठा
जइत्थै मान्नो छ ।

करनालीले सास फेर्‍यापछि
तो सिंहदरबारको सातो आउँदोछ
तोकन उज्यालो गन्या बत्ती भन्याको
करनाली हो ।

त्यही भइकन मेरो करनालीले
तो सिंहदरबारकन भुन्नोछ ?
करनालीकन विकट देख्न्याका आँखा फुटेका हुन ।
तो सिंहदरबारले केही दिन सक्याको नाइ
करनालीकन
मेरो करनालीले तोइकन दिई दिइकन
तो जइथ्यो सिंहदरबार बनायाको हो ।

तो सिंहदरबार शासक भइकन
करनालीकन दास बनाउँदो छै

अब भुन्या ?
करनाली र सिंहदरबार को ठूलो ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार