नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उम्मेदवारी दिएकी शर्माले १,१४४ मतान्तरले प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै अध्यक्षको पद जितेकी हुन्।
नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उम्मेदवारी दिएकी शर्माले १,१४४ मतान्तरले प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै अध्यक्षको पद जितेकी हुन्।
निर्वाचन परिणामअनुसार, मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशको मतगणना सकिएको छ। यस अवधिमा, शर्माले ३,९७३ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी विष्टले २,८२९ मत पाएका छन्।
मधेश प्रदेशमा खसेका ७७२ मतको संख्या शर्माको अग्रताभन्दा कम भएकोले उनी सहजै विजयी भएकी हुन्। शर्माको विजयले नेपाल पत्रकार महासंघमा महिला नेतृत्वको नयाँ इतिहास रच्न सफल भएको छ।
पत्रकारिता क्षेत्रको सुदृढीकरण र सञ्चार माध्यमको न्यायपूर्ण व्यवस्थापनका लागि काम गर्ने प्रतिवद्धता जनाउँदै शर्माले आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउने सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेकी छन्।