सोमबार, ८ पुष, २०८१

जुम्ला पत्रकार महासंघका लागि पूर्ण चौलागाईंको नेतृत्वमा संयुक्त उम्मेदवारी

यो सहमतिले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका पत्रकारहरूलाई एकै ठाउँमा ल्याउँदै संयुक्त रूपमा चुनावमा सहभागी हुने मार्ग प्रशस्त गरेको छ।

नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै जुम्लामा क्रियाशील पत्रकारहरूबीच ऐतिहासिक सहमति भएको छ।

यो सहमतिले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका पत्रकारहरूलाई एकै ठाउँमा ल्याउँदै संयुक्त रूपमा चुनावमा सहभागी हुने मार्ग प्रशस्त गरेको छ।

जुम्लाका जुझारु पत्रकार नेता पूर्ण प्रसाद चौलागाईंको नेतृत्वमा बनेको यो संयुक्त टिमले पत्रकारहरूको व्यावसायिक हकहित, प्रेस स्वतन्त्रता र पत्रकारिता जगतको उन्नयनका लागि एकताबद्ध अभियान थाल्ने प्रतिबद्धता जनाएको छ।

यो सहमति जुम्लाका पत्रकारहरूको साझा उद्देश्य र व्यावसायिक हकहितको संरक्षणको लागि महत्त्वपूर्ण कदम भएको अध्यक्ष पदका उम्मेदवार पूर्ण चौलागाईंले बताए।

“संयुक्त पत्रकार टिमका नेताहरूले यो सहमति पत्रकारिताको समग्र उन्नयन र पेशागत उत्तरदायित्वको सुदृढीकरणका लागि ‘बलियो मियो’ सावित हुनेछ,” उनले भने।

चौलागाईंको नेतृत्वमा गठित संयुक्त टिमले पत्रकारहरूको हक र हित सुनिश्चित गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि ठोस भूमिका खेल्ने लक्ष्य राखेको छ।

सहमति घोषणाको क्रममा सहभागी सबैले आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै पत्रकारिताको मर्यादालाई अझ सुदृढ बनाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए।

निर्वाचन प्रक्रिया निष्पक्ष, शान्तिपूर्ण, र उत्साहपूर्ण बनाउनका लागि सबै पत्रकारहरूलाई सहयोगको आह्वान गर्दै चौलागाईंले भने, “हाम्रो यो साझा प्रयास प्रेस स्वतन्त्रताको मजबूती र पत्रकारिताको स्वर्णिम भविष्य निर्माणका लागि महत्त्वपूर्ण हुनेछ।”

निर्णय प्रक्रियामा सहभागी पत्रकार साथीहरूले परिपक्वता, सकारात्मक सोच, र समर्पण देखाएको भन्दै संयुक्त पत्रकार टिमले धन्यवाद प्रकट गरेको छ।

सहमतिको माध्यमबाट जुम्लाका पत्रकारहरूले एकता र सहकार्यलाई उच्च प्राथमिकतामा राखेर पत्रकारिताको उन्नयनमा योगदान दिन खोजेको प्रेस चौतारी नेपालका अध्यक्ष मानदत्त राववले बताए।

यो ऐतिहासिक सहमतिले पत्रकारिताको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्दै आगामी निर्वाचनमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको नेपाल प्रेस युनियन जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंले बताए।

चौलागाईं नेतृत्वको सम्पूर्ण उम्मेदवारहरुको नामावली
अध्यक्ष – पूर्ण प्रसाद चौलागाई
उपाध्यक्ष – नौरते नेपानी
उपाध्यक्ष (महिला) – गिता शाही
सचिव – प्रकाश उपाध्याय
सहस‌चिव – मान बहादुर कुँवर(भैरे)
सह-सचि (समावेशी) – सरिता पराजुली
कोषाध्यक्ष – सागर परियार
सदस्य – मोहन शाही
सदस्य – टेक हमाल
सदस्य – सिता कुमाई
सदस्य – सपना रावत सदस्य
सदस्य – सिवानी वि.क. (दलित)
सदस्य – लक्ष्मी न्यौपा‌ने (महिला)
सदस्य – प्रभा भण्डारी

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार