सोमबार, ८ पुष, २०८१

रवि लामिछाने थप १५ दिन हिरासतमा रहने

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार यसअघि थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले आज अदालतमा उपस्थित गराएका थिए।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार यसअघि थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले आज अदालतमा उपस्थित गराएका थिए।

लामिछानेलाई सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

अहिले यस मुद्दामा थप प्रमाण संकलन गर्न आवश्यक रहेको भन्दै प्रहरीले हिरासतमा म्याद थपको माग गरेको थियो।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि ठगी तथा अन्य आपराधिक गतिविधिसँग सम्बन्धित आरोपमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार