जुम्लामा हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गा तान्ने गरिन्छ।
जुम्लामा चन्दननाथ मन्दिरको लिङ्गो तान्ने दिनको अवसरका कर्णाली प्रदेशले सार्वजनिक विदा दिएकाे छ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय वीरेन्द्रनगर सुर्खेतले एक विज्ञप्ति जारी गर्दै असाेज १४ गते जुम्लामा मात्रै सार्वजनिक विदा दिएकाे हाे।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै असोज १४ गते सोमबारका दिन चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (असोज कृष्ण त्रयोदशी) को अवसरमा जुम्लामा विदा दिने जनाएकाे छ।
मन्त्रालयकम प्रवक्ता उत्तम गाैतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा जुम्ला जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएकाे छ।
जुम्लामा हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गा तान्ने गरिन्छ। यो मन्दिरमा वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो खडा गर्ने चलन परापुर्वकालदेखि चलिआएको छ।