सोमबार, ८ पुष, २०८१

जुम्लामा सुपथ मूल्यका चामल पसल संञ्चालन

सुपथ मूल्य पसलबाट हाल स्ट्रिम जिरा मसिनाे, अरुवा माेटा र साेना मन्सुली चाल बिक्री हुँदै आएकाे खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाले जनाएको छ।

जुम्लामा दशै तिहार लक्षित सुपथ मूल्य पसल संचालन भएकाे छ। खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ मूल्य पसल संचालन गरेको हो।

सुपथ मूल्य पसल संचालन पछि चामल लिनेकाे बाक्लाे भीड लागेकाे छ। महिला, पुरुष छुट्टा छुट्टै लाईन लगाएर चामल वितरण गरिएकाे छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख सन्ताेष तिवारीका अनुसार जिल्ला भरीका लागि सहुलियत मूल्य पसल संचालन गर्न ५ हजार क्वीईन्टल चामल छुट्याइएकाे छ।

‘जस अन्तर्गत प्रतिकेजी ५ रुपैया र प्रति बाेरा १२५ रुपियाँ छुट दिइएको छ,’ प्रमुख तिवारीले भने, ‘भीडलाई राेक्न प्रतिव्यक्ति २ बाेरा उपलब्ध गराइएकाे छ।’

जिल्ला शाखाकाे लागि २५ सय, जुम्लाकाेट डिपाेका लागि ५ सय, धाँपा डिपाेका लागि ५ सय, ताताेपानीकाे बिक्री केन्द्र पाथरखाेलाका लागि ५ सय, पातारासीकाे लुम र हिमाकाे बाजागाड वितरण केन्द्रका लागि ५ सय क्वीईन्टल छुटाइएकाे प्रमुख तिवारीको भनाइ छ।

‘सुपथ मूल्य पसल संचालन आगामी माघ २ गते सम्म हुने छ। पहिलाे दिन निकै भीड देखिएकाे छ,’ उनले भने, ‘दशैँ तिहार अवधिभर जुम्लामा खाधन्न अभाव हुने छैन। विस्तारै अनुकूलता अनुसार चामल लिन सकिने छ।’

माघ २ गते सम्म सुपथ मूल्य पसल संचालन हुने भएकाेले अभाव भएकाे खण्डमा पनि थप काेटा माग गरिने छ। भने फूलपातीकाे अघिल्लाे दिन असाेज २३ गते सम्म वितरण हुनेछ। भने दशैँ विदा सकिएपछि पुन: सुरु हुनेछ।

सुपथ मूल्य पसलबाट हाल स्ट्रिम जिरा मसिनाे, अरुवा माेटा र साेना मन्सुली चाल बिक्री हुँदै आएकाे खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाका जिन्सी शाखा प्रमुख लक्ष्मण शर्माले बताए।

उनका अनुसार सहुलियत मूल्य पसल संचालनपछि छुट दिँदा २ हजार ४ सय पर्ने स्ट्रिम जिरा चामल छुटपछि २२ सय ७५, प्रतिबाेरा १६ सय ७५ रुपैयाँ पर्ने अरुवा माेटा छुटपछि १५ सय ५० र १७ सय ५० रुपैयाँ पर्ने साेना मन्सुली छुटपछि १६ सय २५ रुपैयाँमा विक्रि हुने छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार