प्रतियाेगितामा प्रथम हुनेलाई १५ हजार, द्वतीय हुनेलाई १० हजार र तृतीय लाई ५ हजार पुरस्कार उपलब्ध गराइनेछ।
फुलपातीको अवसर पारी साताैँ जुम्ली घाेडा दाैड प्रसिद्ध पर्यटकीय गन्तव्य गुठिचाैरमा हुने भएकाे छ। हरेक वर्ष फूलपातीका दिन हुँदै आएकाे घाेडा दाैड यसपाली गुठिचाैरमा हुन लागेकाे हाे।
सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत गुठिचाैरमा साताैं घाेडा दाैड प्रतियोगिता कर्णाली खेलकूद क्लब र गुठिचाैर युवा क्लबको संयुक्त आयाेजनामा फूलपातीका दिन गुठिचाैरमा जुम्ली घाेडा दाैड हुने कर्णाली खेलकूद क्बलका उपाध्यक्ष नवीन थापाले बताए।
‘संस्कृतिकाे निरन्तरता दिनका लागि घाेडा दाैडकाे साताैँ संस्करण हुँदै छ,’ उनले भने, ‘राजसिममा रंगशाला निर्माणपछि घाेडा दाैड गर्न सम्भव छैन्। त्यसैले पनि हामीले बैकल्पीक ठाउँ खाेजिरहेका थियाैं।’
प्रतियाेगितामा ७० वटा घाेडा सहभागी हुने अनुमान गरिएकाेमा हाल सम्म ३५ घाेडा सम्पर्कमा आएका छन्।
प्रतियाेगिता संचालनका लागि गुठिचाैर गाउँपालिकाले एक लाख सहयाेग गर्ने प्रतिबद्दता गरेकाे छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयले पनि सहयाेग गर्ने छ।
भने प्रतियाेगितामा उत्कृष्ट हुने घाेडालाई कर्णाली खेलकूद क्लब र हरि राेकाया फाउण्डेशनले पुरस्कार दिनका लागि सहयाेग गर्ने क्बलका उपाध्यक्ष थापाले बताए।
प्रतियाेगितामा प्रथम हुनेलाई १५ हजार, द्वतीय हुनेलाई १० हजार र तृतीय लाई ५ हजार पुरस्कार उपलब्ध गराइनेछ।