सोमबार, ८ पुष, २०८१

तिलामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ३१० जना लाभान्वित

शिविरमा १३२ पुरुष र १७८ महिलाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए।

तिला गाउँपालिका–२ रारालिही स्वास्थ्य चौकीमा एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ३१० जनाले सेवा लिएका छन्।

आईएनएफ नेपाल र तिला गाउँपालिकाको सहकार्यमा आयोजित शिविरमा कान, नाक, घाँटी, आँखा र हाडजोर्नी सम्बन्धी रोगहरूको उपचार गरिएको हो।

शिविरमा १३२ पुरुष र १७८ महिलाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए।

हाडजोर्नी विशेषज्ञ डा. तुफानसिंह कठायतको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो।

अपांगता भएका व्यक्तिका लागि अपांगता कार्ड सिफारिस सेवा समेत उपलब्ध गराइएको थियो।

स्थानीयबासीले गाउँमै विशेषज्ञ सेवा पाउँदा ठूलो राहत महसुस गरेको बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार