आईतवार, ७ पुष, २०८१

ताताेपानीमा पढाइ मेला

ताताेपानी गाउँपालिकाका २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी भएका यो मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन-सिप विकास र सृजनात्मक क्षमताको पहिचान गर्न केन्द्रित थियो।

ताताेपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पहिलो पटक पालिका-स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ।

यस अभिनव कार्यक्रमले स्थानीय स्रोतमाथि आधारित बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्‍यो।

ताताेपानी गाउँपालिकाका २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी भएका यो मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन-सिप विकास र सृजनात्मक क्षमताको पहिचान गर्न केन्द्रित थियो।

शैक्षिक सामग्री निर्माण, यसको प्रयोग र प्रभावका विषयमा विद्यालयहरूले आफूले गरेका प्रयास प्रदर्शित गरे।

विद्यालयहरूले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टलहरू प्रदर्शनीमा राखेका थिए।

सहभागी विद्यालयहरूको शैक्षिक सामग्री निर्माण, बालबालिकाको प्रस्तुति शैली, र सामग्रीको प्रभावकारिता मूल्यांकनका आधारमा चार उत्कृष्ट विद्यालय छानिएका छन्।

जसका कालिका आधारभूत विद्यालय, लिताकोट प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय, हियाखोला र कालिका मावि, टोप्ला तेस्रो र हिमाली आधारभूत विद्यालय, बाबिरा चौथो भएका छन्।

विजेता विद्यालयहरूलाई नगद पुरस्कारसहित शैक्षिक सामग्री प्रदान गरिएको थियो।

गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईंले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए।

उनले भने, “पहिलो पटक आयोजना गरिएको पढाइ मेला सामुदायिक विद्यालय सुधारको दिशामा कोशेढुंगा सावित हुनेछ।”

कार्यक्रममा सहभागी अभिभावक, शिक्षक, र अन्य सरोकारवालाहरूले पालिकाको यो पहलप्रति प्रशंसा व्यक्त गरे।

उनीहरूले स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासहरूले बालबालिकाको सृजनशीलता र व्यवहारिक सीपलाई अझ निखार्ने विश्वास व्यक्त गरे।

यस किसिमका कार्यक्रमले पालिकाका विद्यालयहरूबीच प्रतिस्पर्धा र सहकार्यको भावना बढाउनुका साथै बालबालिकामा सिर्जनात्मक सोच र समस्या समाधान क्षमताको विकास गर्ने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताए।

उनका अनुसार मेला ताताेपानी गाउँपालिकाको सामुदायिक विद्यालय सुधारको यात्रामा मात्र होइन, ग्रामीण क्षेत्रका बालबालिकाका लागि नवीनतम सिकाइ अभ्यासको उदाहरण बन्ने देखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार