सुर्खेतमा १६ जना बिचौलिया पक्राउ

सुर्खेतमा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याएको आरोपमा प्रहरीले १६ जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्लाको वीरेन्द्रनगर नगरपालिका स्थित यातायात व्यवस्था कार्यालय बाट १० जना महिला तथा मालपोत कार्यालय बाट ६ जना पुरुष गरी कुल १६ जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीसँग सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने, जग्गा नामसारी तथा अन्य भू–सम्बन्धी सेवा […]
कनका सुन्दरी माध्यमिक विद्यालय लुड्कु, सिजा, जुम्लामा एसईई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न

कनका सुन्दरी माध्यमिक विद्यालय लुड्कु, सिजा जुम्लामा आज बिहान ८ बजेदेखि एसईई परीक्षा सुरु भएको छ । परीक्षा अत्यन्त शान्तिपूर्ण वातावरणमा सुरु भएको छ भने सुरक्षा व्यवस्था पनि निकै राम्रो रहेको छ । परीक्षा केन्द्रमा सुरक्षा कर्मीहरू हाटसिजा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी गोठिज्युलाबाट खटिएका थिए । परीक्षाको लागि स्थानीय स्तरमा राम्रो सुरक्षा व्यवस्था […]
एसईई परीक्षा सुरु, सामूहिक अनुगमन निषेध

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु भएको जनाएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । एसईई परीक्षा चैत २९ गते सम्पन्न हुने छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका […]




