अछामको रानीवनमा क्रिकेट मैदान निर्माण सुरु: युवाहरूको पहलले खेलकुद विकासमा टेवा पुग्दै

अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनमा जैसरादेबी स्मृति युवा क्लबले खेलकुद विकासमा ऐतिहासिक पहल अघि बढाएको छ। २०७७ सालदेखि निरन्तर पाँच वर्षसम्म क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको क्लबले स्थानीय स्तरमै खेलकुदको जग बसाल्दै आएको छ, जुन दुर्गम क्षेत्रमा युवाहरूको सक्रियता, एकता र दृढ संकल्पको उदाहरणका रूपमा देखिएको छ। स्थानीय बासिन्दाको सहमतिमा खेतीयोग्य जमिनलाई खेलमैदानका रूपमा विकास गर्दै […]
जुम्लामा प्रगतिशील लोकतान्त्रिक पार्टीको सुशासन केन्द्रित २२२ खुला आँखा अभियान सुरू

प्रगतिशील लोकतान्त्रिक पार्टी जुम्लाले सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले ‘२२२ खुला आँखा अभियान’ सुरु गरिएको छ। जिल्लामा पारदर्शिता कायम गर्न, विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन तथा शीर्षकविहीन खर्चलाई विवरणमुखी बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको हो। अभियानका अभियन्ता युवा उपेन्द्र बुढ्थापाका अनुसार सरकारी तथा गैरसरकारी निकायका गतिविधिलाई नागरिकस्तरबाट निगरानी गर्दै जिम्मेवार बनाउने प्रयासस्वरूप यो कार्यक्रम सुरु गरिएको […]
सुख्खा पहिरोबाट पीडित परिवारलाई ५० हजार राहत दिने हिमा गाउँपालिकाको निर्णय

जुम्लाको हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा गएको सुख्खा पहिरोबाट प्रभावित परिवारलाई पालिकाले प्रारम्भिक राहतस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। चैत १७ गते दिउँसो करिब १२–१ बजेतिर गाउँ माथिबाट खसेको ढुंगासहितको पहिरोले स्थानीय ललित जंग अधिकारीको माटोको घर पूर्ण रूपमा नष्ट गरेको छ भने अर्को घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। साथै बुच्चो […]




