चीनमा धार्मिक स्वतन्त्रतामाथि नियन्त्रण बढेपछि पीडामा विदेशी मुस्लिम विद्यार्थीहरु

“हाम्रो आस्था हाम्रो पहिचान हो, तर यहाँ यही पहिचान संकटमा परेको छ।” चीनको एक प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनरत एक विदेशी मुस्लिम विद्यार्थीको यो भनाइ आज त्यहाँ रहेका धेरै मुस्लिम विद्यार्थीहरूको साझा अनुभव बनेको छ। पछिल्लो समय चीनले ‘धार्मिक चिनियाँकरण’ (Sinicization of Religion) नीतिलाई कडाइका साथ लागू गर्दै जाँदा मुस्लिम समुदाय, विशेषगरी विदेशी विद्यार्थीहरू, प्रत्यक्ष रूपमा प्रभावित […]
कनका सुन्दरी मन्दिर क्षेत्रमा सामूहिक वृक्षरोपण सम्पन्न

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ४ अन्तर्गत हाटसिजा, चैखि, लेकपोर र ओखरपाटा गाउँमा सामूहिक वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीय युवाहरू, मन्दिरका पुजारी तथा वडा अध्यक्ष धनमान सिंह हमालको सहभागितामा कनका सुन्दरी मन्दिर परिसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले श्रमदानमार्फत देह्रार र धुपीका बिरुवा रोपेका थिए। मन्दिर क्षेत्रलाई हराभरा बनाउने, वातावरण संरक्षण गर्ने […]
भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री चौलागाईंको ७५ दिन: पूर्वाधार क्षेत्रमा नीतिगत सुधारदेखि रणनीतिक परियोजनासम्म

रारा राष्ट्रिय राजमार्गअन्तर्गत जुम्ला खण्डका विभिन्न सडकलाई रणनीतिक महत्वका रूपमा अगाडि बढाइएको छ भने मनाङदेखि हुम्लाको हिल्सासम्म जोड्ने हिमाली विविधता मार्गको अवधारणालाई पनि अघि सारिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईंले आफ्नो ७५ दिनको अवधिमा पूर्वाधार विकास, नीतिगत सुधार, ठेक्का व्यवस्थापन र अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्। मन्त्रालयले […]
बढ्दो बालविवाह र बलात्कारपछि हत्या रोक्न आवश्यक कानुन र राजनीतिक जिम्मेवारी

कानुनले मात्र यस्तो समस्या समाधान गर्न सक्दैन। समाजमा व्यापक चेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ। नेपालजस्तो सभ्यता, संस्कार र मानवीय मूल्यमा गर्व गर्ने समाजमा पछिल्ला वर्षहरूमा बालविवाह, बलात्कार तथा बलात्कारपछि हत्या जस्ता जघन्य अपराधहरू बढ्दै जानु अत्यन्त चिन्ताजनक विषय बनेको छ। यी घटनाहरू केवल सामाजिक विकृति मात्र होइनन्, राज्यको कानुनी व्यवस्था, राजनीतिक इच्छाशक्ति र सामाजिक […]



