आईतवार, १ चैत्र, २०८२

खोलिकोट गाउँ : ढाडथपला देउडा समूहले जोगाउँदै संस्कृति र परम्परा

ढाडथपला देउडा समूहको सक्रियताले गाउँको सांस्कृतिक पहिचानलाई अझ बलियो बनाउँदै अन्य गाउँलाई पनि प्रेरणा दिइरहेको छ। नेपालका गाउँघरमा रहेका मौलिक संस्कृति र परम्पराहरू पछिल्लो समय आधुनिकताको प्रभावसँगै बिस्तारै ओझेलमा पर्दै गइरहेका छन्। विशेषगरी पुस महिनामा खेलिने भैलो तथा देउडा जस्ता परम्परागत सांस्कृतिक गतिविधि अहिले धेरै ठाउँमा हराउँदै गइरहेका छन्। तर यस्तै अवस्थामा पनि आफ्नो संस्कृति […]

बाढीले सताइरहेने खत्याडमा ३ करोड २० लाखको तटबन्धन योजना सुरु

२०७९ साल असोजको तेस्रो सातामा परेको अविरल वर्षाले मुगुको खत्याड गाउँपालिका ठूलो विपत्तिमा पर्‍यो। रारा तालको मुहानबाट सुरु भएर करिब ३४ किलोमिटर बग्दै कर्णाली नदीमा मिसिने खत्याड खोलाले त्यस वर्ष निकै उग्र रूप लियो। बाढीका कारण एक समय उर्वर र हराभरा रहेको खत्याड क्षेत्र धेरै ठाउँमा उजाड बगरमा परिणत भयो। बाढीले अन्नबाली बगायो, उर्वर खेतबारी […]

देवी देउराली आधारभूत विद्यालयमा हिमालयन लाइफद्वारा स्विटर वितरण

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जुम्लाको तिला गाउँपालिका–८ पुरुका स्थित देवी देउराली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरेको छ। कम्पनीका जुम्ला शाखा प्रमुख लक्ष्मीकान्त पाण्डेका अनुसार विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीलाई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लोगो अंकित स्विटर प्रदान गरिएको हो। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई जाडो मौसममा न्यानो कपडाको आवश्यकता […]

ताजा समाचार