कर्णालीलाई प्राथमिकतामा राख्न मन्त्री चौलागाईँको आग्रह

भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठबीच भेटघाट भएको छ। मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको भेटघाटमा कर्णाली प्रदेशका सवालमा विशेष छलफल गरिएको थियो। भेटमा मन्त्री चौलागाईँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर काम […]
सार्वजनिक यातायातलाई व्यवस्थित नगरी सुशासन सम्भव छैन : मन्त्री चौलागाईँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँले सार्वजनिक यातायात क्षेत्रलाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी नबनाएसम्म सुशासन सम्भव नहुने बताएका छन्। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित सार्वजनिक यातायात क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारेको बैठकमा बोल्दै मन्त्री चौलागाईँले विद्यमान ऐन, नियम र कार्यविधिमा समयानुकूल सुधार आवश्यक रहेको उल्लेख गरे। उनले यातायात व्यवस्था प्रणालीमा […]
काठमाडौंका भान्सामा कर्णालीका अर्गानिक उत्पादन पुगाउने पुस्कर काफ्ले

यो उनको सफलताको कथा हो। आत्मनिर्भर कर्णालीको उत्प्रेरणा हो। एमबीएमा उनले पढेका व्यवस्थापनका सिद्धान्तको व्यवहारिक प्रयोगको कथा हो। जसले जागिर खाँदैन, बरु जागिर दिन्छ। काठमाडौं बालुवाटार स्थित बाजेको सेकुवा पसलमा भेट भएको थियोे, उनीसँग। उनी अर्थात् पुष्कर काफ्ले (३२)। सिए पढेको अनि एमबीए सकाएको एक कलिलो युवा। यस्तो योग्यता भएका थुप्रै युवाहरु छन्, यो देशमा। […]
राजनेता, नेता र ठुटे नेता

नेपालको समकालीन राजनीतिमा राजनीतिक व्यक्तित्व बन्न सजिलो छ। एउटा चुनाव जिते वा गुटको हर्ताकर्ता बने पुग्छ। गहन अध्ययन, समाजप्रतिको चिन्तन, जनताप्रतिको दायित्वबोध आवश्यक पर्दैन। विश्व राजनीतिमा हजारौं नेता आए, केही अग्रगण्य र सम्मानित बने, केही उदाएर अस्ताए वा विलीन भए। तर राजनेता भनेको विशेष प्रकारको नेतृत्व हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लामो, सम्मानित अनुभव […]

