आईतवार, २७ पुष, २०८२

सामाजिक अभियन्ता आशिका तामाङ स्वतन्त्र रुपमा प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने

सामाजिक अभियन्ता आशिका तामाङ स्वतन्त्र रूपमा प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने घोषणा गरेकी छिन्। आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौ जिल्लाको क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राखेर चुनाव लड्ने घोषणा गरेकी हुन्। उनले सरोकारवालासँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण सञ्चालन र विशेषगरी जेनजीहरूको अपेक्षा, चिन्ता, मुद्दा र चाहनाबारे […]

सुदन गुरुङले गोर्खाबाट चुनाव लड्ने घोषणा गरे

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ गोर्खा जिल्लाबाट चुनाव लड्ने भएका छन्। गुरुङले आफ्नो गृह जिल्ला गोर्खाबाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका हुन्। आगामी फागुन २१ गते गोर्खा जिल्लाको क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले आफ्नै गाउँ,आफ्नै माटोबाट परिवर्तनको सुरुवात,नयाँ शक्ति, नयाँ […]

फागुन २१ को निर्वाचनको लागि कर्णालीमा ९ हजार ७ सय ४३ निर्वाचन प्रहरी माग

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कर्णाली प्रदेशभर ९ हजार ७ सय ४३ निर्वाचन प्रहरी माग गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार १० जिल्लाका १२ निर्वाचन क्षेत्रको सुरक्षाका लागि यो दरखास्त आह्वान गरिएको हो। जिल्लागत विवरण अनुसार सबैभन्दा बढी सुर्खेतमा १ हजार ६ सय २८ र सबैभन्दा कम हुम्लामा ५ […]

नयाँ मन्त्रालयबाट मन्त्री चौलागाईले गरे तीन महत्वपूर्ण निर्णय सदर

वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको पदभार ग्रहणपश्चात मन्त्रालयअन्तर्गतका विभिन्न महत्वपूर्ण निर्णयहरू सदर गरेका छन्। मन्त्री चौलागाईंले कर्णाली राजमार्गलाई सडक सुरक्षा तथा स्तरोन्नतिको दृष्टिले आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गरेका छन्। त्यस्तै जुम्ला र कालिकोट जिल्लाको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल निर्माण सम्पन्न भइसकेको […]

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर छेडागाड नगरपालिका ८ स्थित बाहार्नाखोला भित्री सडक खण्डमा छेडागाड-९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ च १३२७ नम्बरको जिप दुर्घटनामा परेको हो । उक्त जिपको ब्रेक फेल भई सडकबाट जिप १ सय ५० मिटर तल खस्दा २ जनाको घट्नास्थलमै मृत्यु […]

जुम्लाको विकास र स्याउ बीमा समस्याबारे मन्त्री चौलागाईंसँग तातोपानी गाउँपालिकाको छलफल

तातोपानी गाउँपालिका, जुम्लाले नेपाल सरकारका माननीय बन तथा वातावरण तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, जुम्ली पुत्र माधव प्रसाद चौलागाईंलाई शुभ कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दै जुम्लाका विकाससँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा ध्यानाकर्षण गराएको छ। पौष २५ गते मन्त्री निवास जावलाखेल, ललितपुरमा भएको भेटघाट तथा छलफलमा जुम्लाका स्याउ उत्पादक किसानको बीमा समस्या, भौतिक पूर्वाधार तथा […]

कविता : श्मशानको स्तुती

श्मशानकोचण्डाललेनतमस्तक भई स्तुती गायो-धन्य प्रभु!कालको नियमित गति चल्छ !मेरो झुपडीमा चुल्हो बल्छ ।यि मान्छेहरू नमरे, ओहो!भोकले निल्थ्यो-मेरा लालबाल !अरुको चुल्हो बल्थ्यो ?मुस्कान उदय हुन्थ्यो –वामेरै अवसानलेउमङ्‌‌ग उजाडिन्थ्योदुई ध्रुवको!यो आवृतिमा कति जोडिन्छन् ? अभावले अनुकूल थप्योपिडामा अट्टहास हाँस्यौ-भन्यौ । प्रभु! दया रहोस !यो चक्रान्तको आयु कति होला ।तिम्रो पुराण भन्छ कि –के, के सजाय होला – […]

कांग्रेस विशेष महाधिवेशनका लागि उत्साहित जुम्ली

नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि जुम्ली कांग्रेसका नेताहरू निकै उत्साहित देखिएका छन्। जिल्लाका कूल २६ महाधिवेशन प्रतिनिधिमध्ये १९ जनाले विशेष महाधिवेशनको माग गर्दै उपसभापति कार्मा बुढाको नेतृत्वमा बिहीबार काठमाडौंतर्फ प्रस्थान गरेका हु्। एउटा गाडी रिजर्भ गरेर राजधानी पुगेका प्रतिनिधिहरूले यसअघि नै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरिसकेका थिए। यस टोलीमा जुम्ला प्रदेश (क) का सभापति […]

गजल

जता जान्छु त्यहाँ त्यहाँ हाँस्नलाई तिमी नै हौजता  पुग्छु त्यहाँ त्यहाँ रम्नलाई  तिमी नै हौ । दु:ख  सबै   मेटाएर   पीडा   सबै   बिर्साएरमेरो  खाँटी  अधरमा साँच्नलाई  तिमी नै हौ । साँच्चै भन्छु  तिमी बिना भनिदेउ कहाँ जाउँदु:ख सुख पिर मर्का पोख्नलाई तिमी नै हौ । सागरमा  डुव्ने  हो कि  जुनलाई  टिपि दिउँकति धेरै  माया गर्छु जाँच्नलाई  […]

ताजा समाचार