सोमबार, २८ पुष, २०८२

वन मन्त्री माधव चौलागाईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी

नेपाल सरकारका वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । कुलमान घिसिङले राजिनामा दिएपछि भाैतिक पुर्वाधार तथा यातायात मन्त्रालयकाे जिम्मा चौलागाईंलाई दिइएको हो। कुलमानले समालेका अन्य मन्त्रालयहरू अरु मन्त्रीलाई जिम्मा दिइएको छ। चौलागाँई सहित तीन मन्त्रीलाई थप जिम्मेवारी थपिएको हो। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति […]

नेकपा जुम्लाबाट प्रतिनिधि सभाको लागि नरेश भण्डारी एकल सिफारिस

नेपाली कम्युनिस्ट पार्टी जुम्लाबाट प्रतिनिधि सभाको निर्वाचनको लागि नरेश भण्डारीलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको छ। पुस २१ गते बसेको बैठकद्वारा नेपाली कम्युनिस्ट पार्टी जुम्लाको कार्यदलले प्रतिनिधि सभा सदस्यको लागि जुम्ला जिल्ला पार्टी इन्चार्ज नरेश भण्डारीलाई सर्वसम्मत एकल उम्मेदवार घोषणा भएको कार्यदलका संयोजक तिर्थ बुढाले जानकारी दिए।

जुम्लाको पातारासी गाउँपालिकामा जेनजी उमेर समूहका प्रमुख प्रशासकीय अधिकृत

जुम्लाको पातारासी गाउँपालिकामा जेनजी उमेर समूहका प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। जम्मा २६ वर्ष पुगेका सातौं तहका इन्जिनियर निश्चल न्यौपानेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पातारासी गाउँपालिकाको माग अनुसार गाउँपालिकामा कार्यरत बरिष्ठतम कर्मचारी न्यौपाने (ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, अधिकृत सातौं तह, ईन्जिनियर) लाई आर्थिक तथा प्रशासनिक कार्य […]

कविता-सिंहासनकर्ता र निमुखाहरु

रित्तै रहेछन् रितिएका कोखहरुदिनप्रदिन सपना पुरा गर्न आसमा बसिरहनेछन्नअनायासै थाहा पत्तो नपाइकन पूछिएका सिन्दुरहरु,बुर्खुशी मार्दै रगताम्य हात र गर्दन बोकेरअंगालो हाल्न आएकाहरुलाई लात हानिनेछर पाँचतारे होटलमा सहमतिपत्र खडा गर्दैजनताको चुलोसम्म पुग्ने न्यूउमाकमलो छाला भएका हातहरु द्वारा हस्ताक्षर गरिनेछ,त्यही हस्ताक्षरद्वारा खडा गरिएकोमहामहिमज्यूका घोषणापत्रलेकहिले पनि जनचाहना पूरा गर्ने घोषणा गर्ने छैन,उनले भनेका उद्देश्यहरू पूरा गर्न तत्परहुनेछन् उनैका […]

ठगहरुलाई बेलैमा कारबाही गर्ने कि अर्को जनविद्रोहको सामना गर्ने सरकार ?

दर्ता भएका हजारौंमध्ये अहिले एकाध सहकारी सञ्चालनमा छन् । तिनले पनि बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेका छैनन् । बचतकर्ताहरु आफ्नो रकम फिर्ता पाउने आशामा दिनहुँ कार्यालय धाउँछन् । विडम्बना, जहिले रित्तो हात फर्किन्छन् । सर्वसाधारणको दुःखको कमाई खाने सहकारी ठगहरु भने खुलेआम हिँडिरहेका छन् । बजारमा दुईटा कुराको खुबै चर्चा छ । सार्वजनिक स्थलदेखि चिया […]

ताजा समाचार