आईतवार, २७ पुष, २०८२

जुम्लामा ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। आज मिति २०८२ साल ९ महिना १५ गते दिउँसो करिब ३ः३० बजे, जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ९ उमगाड स्थायी वतन भई हाल वडा नं. ६ छिना गाउँमा बस्दै आएका २२ वर्षीय कविन्द्र रावललाई प्रहरीले पक्राउ गरेको हो। कविन्द्र रावलले आफ्नै घरमा लागुऔषध […]

कर्णालीमा जडिबुटी पकेट क्षेत्र विकासमा सम्भावना: मन्त्री चौलागाईँ

वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईँले कर्णाली प्रदेशमा जडिबुटी सम्बन्धी क्षेत्रमा काम गर्न ठूलो सम्भावना रहेको बताएका छन्। बुधवार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जडिबुटी पकेट क्षेत्रको विकासमा विशेष चासो रहने बताएका हुन्। ‘प्रदेशले जडिबुटीको क्षेत्रमा प्रभावकारी काम गर्न सके संघीय सरकारले सहयोग […]

गजल

मिठो मुस्कान लिएर  आउँदैछु अफिसमासाहस  त्यो देखाउँदै  गाउँदैछु अफिसमा। कुन कानून लाउँदा न्याय पर्ला भन्ने सोच्दैकानूनका दफादफा म खोज्दैछु अफिसमा। काम  गरेर  नथाक्ने  हाम्रो  पुर्ख्यौली गुणखुसी साथ  काम गर्छु रमाउँदै अफिसमा। पीडा  साँचेर धर्तीमा बाँच्न कत्ति मन छैनकामसकि फुर्सदमा लौ नाच्दैछु अफिसमा। सरकारी वकील हुँ समाजको अभियन्ताजनताको  सेवा  गर्न धाउँदैछु  अफिसमा। खुसी मनले फर्कियोस् जनता […]

कर्णाली प्रतिष्ठानद्वारा विद्यालयमै स्वास्थ्य शिक्षा

चिकित्सकहरूले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र आवश्यक परामर्श दिएका थिए। यस्ता कार्यक्रमले भविष्यका चिकित्सकलाई समुदायसँग जोड्ने अवसर दिने उनीहरूको भनाइ थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस प्रथम वर्षका विद्यार्थीहरूले विद्यालय स्वास्थ्य कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्। कार्यक्रम चन्दननाथ नगरपालिका-४ स्थित जीएमडी मोडर्न पब्लिक हाई स्कुलमा आयोजना गरिएको हो। एमबीबीएस प्रथम वर्ष पाँचौँ व्याचका ५० जना विद्यार्थीहरूको […]

विपत्तिले देखाएको स्वास्थ्य क्षेत्रको नाजुक चित्र

समयमै उपचार नपाएर कैयौँले ज्यान गुमाए। राजधानीका ठूला भनिएका अस्पतालहरू नै असफल देखिए। कर्णाली त अझै सिटामोल मागिरहेको अवस्था हो। नेपालले इतिहासका विभिन्न कालखण्डमा ठूलाठूला विपत्ति भोग्दै आएको छ। वि.सं. १९९० सालको भूकम्प, वि.सं. २०७२ सालको विनाशकारी भूकम्प, र परिवर्तनका नाममा गरिएका राजनीतिक आन्दोलनहरू त्यसका उदाहरण हुन्। यस्तै क्रमको पछिल्लो घटना वि.सं. २०८२ साल भदौ […]

वैदिक काल र नारीको अवस्था

नारीहरू ललितकला, नृत्य र युद्धमा पनि भाग लिने गरेको देखिन्छ। सीता नृत्यमा निपुण रहेको पाइन्छ भने विराट राजाको दरबारमा अर्जुनले उत्तरालाई नृत्य सिकाउने गरेको पाइन्छ। आज पश्चिमी जगतले महिलाको अधिकार आफूबाट प्रदान गरिएको र आफ्नो अनुसरण विश्व दुनियाँले गर्नुपर्ने भन्दै जोड दिएर लागू गर्दै आएको छ। भने आर्य समाजले आफ्ना रीतिरिवाज, परम्परा र धर्मको आधारमा […]

राप्रपाबाट जुम्लाकी बिपना नेपाली समानुपातिक शिर्षक सूचिमा

जुम्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित महिला प्रतिनिधि सभाको समानुपातिक शीर्षसूचीमा उम्मेदवार परेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट दलित महिलातर्फ बिपना नेपाली महिला क्लस्टर (पि.क्षे. महिला १ नम्बर) मा तथा दलित पुरुषतर्फ बल बहादुर बस्याल पानसय दराबाट समानुपातिक सूचीमा परेका छन्। यससँगै खसआर्य पुरुषतर्फ जयन्त महत (बजार क्षेत्र) र खसआर्य महिलातर्फ कमला कुमारी बोहरा […]

गाउँमा सामाजिक क्रियाकलाप गरणन सरस्वती युवा क्लब दर्ता,

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँमा सरस्वती युवा क्लब औपचारिक रूपमा दर्ता भएको छ। स्थानीय युवाहरूको सक्रियतामा क्लब गठन गरिएको हो। क्लब जुम्ला खेलकुद विकास कार्यालयमा आधिकारिक रूपमा दर्ता भएको क्लबका सचिव प्रकाश रावलले जानकारी दिए। क्लबको अध्यक्षमा भिमराज रावल चयन भएका छन्। सचिवमा प्रकाश रावल छन्। कोषाध्यक्षमा मातृका प्रसाद खत्री रहेका छन्। सह सचिवमा […]

ताजा समाचार